Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विप्लव संसद्वादमा फसेकाले ‘नेकपा (बहुमत)’ गठन गर्यौं : धर्मेन्द्र बास्तोला

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2022
12 shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा फुटेको छ । विप्लव संसद्वादमा फसेको भन्दै असन्तुष्ट पक्षका नेताहरूले नयाँ पार्टी गठन गरेका हुन् ।

नयाँ पार्टी गठनसँगै चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा फुटेको छ । पार्टीमा असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएका छन् ।

बास्तोलाले पत्रकार सम्मेलन गरेर सोमबार नयाँ पार्टी गठन भएको जानकारी गराएका छन् । उनले नयाँ पार्टीको नाम ‘नेकपा (बहुमत)’  रहेको जानकारी दिए । ‘तत्कालीन महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसद्वादमा फसिसकेकाले पार्टी पुनर्गठन गरेका हौं’ बास्तोलाको भनाइ थियो । त्यस्तै, आफूहरूमाथि आर्थिक अनियमिताको आरोप गलत रूपमा लगाइएको पनि उनले बताए ।

गत चैतमा भएको केन्द्रीय समिति बैठकको निर्णय विपरीत चन्द गएपछि नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको बास्तोलाले बताए । ‘पार्टी चुनावमा नजाने भएपछि पनि प्रवक्ता पार्टी चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय समिति सदस्य उठाउने र उठाउन प्रयत्न गर्ने काम भयो’, उनले भने, ‘पार्टी नीति बाहिर चुनावमा उठाउने र कतिपय केन्द्रीय समिति सदस्यहरू त एमालेको चुनाव चिह्न लिएर चुनावमा जान लालायित भएपछि यसरी समय बर्बाद गर्नु ठीक हुँदैन भनेर भेला ग¥यौं र बहुमत पार्टी सदस्यले नेकपा बहुमत भनेर पुनर्गठन गरेका छौं ।’

विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको उनले समेत दाबी गरे । पार्टीको कार्यदिशा र कार्यक्रमबारे पनि उलन जानकारी गराए । ‘पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने । कार्यदिशा पूरा गर्नका निम्ती कार्यनीतिका रूपमा अहिले स्वाधिन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधिनताको नारा अगाडि सारेका छौं’, उनले भने ।

बास्तोलाले मुलुकमा राजनीतिक स्थिरताका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका निर्वाचित हुनुपर्ने माग रहेको बताए । धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपाका असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो । उक्त भेलाले नै नयाँ पार्टी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

संविधान राज्य सञ्चालनको मूल कानुन हो : डा. भक्त राई

  • September 19, 2026

संविधान कार्यान्वयन र संरक्षणमा संघीय संसदको भूमिका महत्वपूर्ण...

  • September 19, 2026

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्...

  • September 19, 2026

संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिका...

  • September 19, 2026

रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

  • September 19, 2026

भोटेकोशी बाढी : नुवाकोटका चार स्थानीय तहका १,९५५ परिवारको आवास...

  • September 19, 2026

संविधानका उपलब्धिलाई जनजीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved