नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशलाई पछाडि फर्काउने काम गरेको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गदै ओलीले कांग्रेसले सुशासन र विकासमा अघि बढिरहेको देशलाई पछाडि फर्काउन काम गरेको अरोप लगाएका हु्न ।
‘संसदीय मूल्य र मान्यतालाई नै कुल्चिने काम गरेको छ । संसदलाई राजनीतिक निर्णयको थलो भन्दा बन्धक बनाइयो । स्वतन्त्र न्यायपालिकामाथि आक्रमण गरियो’ ओलीले भने ।

देशको सच्चा पहरेदार एमाले मात्रै भएको पनि जिकिर गर्दै ओलीले भने, ‘नेपालको पहरेदार नेकपा एमाले मात्रै हो । त्यसको पुष्टी नेपालको नयाँ नक्सा संविधान संशोधन भएर चुच्चे नक्सासहित आइसकेको छ । एमालेको सरकार नआई देश विकास हुनै नसक्ने अवस्था छ ।’










