Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गठबन्धनका उमदवारकाे प्रतिबद्धता,भ्रष्टाचार र बेथितिकाे अन्य गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 3, 2022
3 shares

खोटाङ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा एमाले–जसपा गठबन्धनबाट अध्यक्ष र उपाध्यक्ष उठेका उम्मेद्वारले भ्रष्टाचार र बेथितिलाई अन्त्य गर्ने प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन् । ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्षमा उठेका रुपलाल तामाङ र जसपाका उपाध्यक्षका उम्मेद्वार दिपेन्द्र रुम्दालीले भ्रष्टाचार र बेथितिलाई अन्त्य गरी सुशासन कायम गर्ने प्रतिवद्धता–पत्र जनतामाझ पुर्कायाएका हुन् ।

एमाले–जसपा गठबन्धनका उम्मेद्वारले ढिलासुस्ती र घुसखोरीलाई अन्त्या गर्दै पारदर्शी जनसेवा सञ्चालन गर्ने, एक गाउँ एक उत्पादन, एक घर एक रोजगार अनिवार्य गर्ने, नातावाद र कृपावादलाई अन्त्या गरी स्वस्थ प्रतिष्पर्धामार्फत दक्ष जनशक्ति छनौट गर्ने, नमूना गाउँपालिका बनाउने प्रतिवद्धता–पत्र अघि सारेका छन् ।

प्रतिवद्धता–पत्रमा बौद्धडाँडादेखि उँबु वाक्सा सडकलाई पक्की सडकको रुपमा स्तरोन्नती गर्ने, बलबहादुर राई समावेसी सडकलाई पूर्णता दिने, वडादेखि पालिकासम्मको सडक स्तरोन्नती गर्ने, बहुप्राविधिक शिक्षालय स्थापना गर्ने, पालिकामा स्नातक तहको क्याम्पस स्थापना गर्ने, हरेक आधारभुत विद्यालयमा मातृभाषामा शिक्षा प्रदान गर्न स्थायी रुपमा मातृभाषा शिक्षक नियुक्त गरी पठन–पाठन गराउने उल्लेख छ ।

यस्तै, जोखिममा रहेका बालबालिकालाई निःशुल्क शिक्षा र शैक्षिक सामग्री उपलव्ध गराउन, ‘सबै बालबालिका स्कुलमा’ कार्यक्रम कार्यान्वयन गर्ने, विद्यालयमा हप्ताको एक दिन जातीय पोशाक अनिवार्य लागू गर्ने भनिएको छ ।

असहाय, गरिब तथा अपांगलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने, पालिका स्तरिय सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, प्रत्येक वडामा एम्बूलेन्स सञ्चालन गर्ने, पालिकामा शव बाहनको व्यवस्था गर्ने, बलबहादुर राई स्मृति कप अन्तरपालिका स्तरिय भलिबल प्रतियोगीता गर्ने, व्याकुल माईला गोल्डकपलाई पालिका मातहतमा ल्याएर सञ्चालन गर्ने, प्रत्येक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने, युवालाई गाउँमै रोजगारी उपलव्ध गराउन निःशुल्क तालिमको प्रवन्ध गर्ने, वर्षेनी पालिकाबाट सय जना युवालाई उद्यमी बनाएर उत्कृष्ट एक जनालाई विदेशमा निःशुल्कतालिम लिन पठाउने प्रतिवद्धता जनाइएको छ ।
यस्तै, घरैमा बैंकिङ सेवामार्फत वृद्धवृद्धा र फरक क्षमता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, वृद्धवृद्धालाई हरेक वर्ष पशुपति, लुम्बिनी लगायतका क्षेत्रमा भ्रमणमा लैजाने, एकल महिलालाई निःशुल्क विजुली उपलव्ध गराउने, व्यकुल माईला साहित्यिक महोत्सव गर्ने, लिब्जु महोत्सव गर्ने, मोलीको घोपाटारदेखि जोर्तीघाटसम्म राफ्टिङ सञ्चालन गर्ने, तलुवागढीबाट प्याराग्लाइडिङ सञ्चालन गर्ने प्रतिवद्धता–पत्रमा उल्लेख छ ।

यस्तै, हिलेपानीको सुर्तीलाई ब्राण्डिङ गरी व्यवसायीकरण गर्ने, महिला हिंसा अन्त्या गर्न फास्ट ट्रयाक महिला न्याय युनिटको व्यवस्था गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्यम गर्न महिलालाई बार्षिक ५ प्रतिशत व्याजदरमा ऋण उपलव्ध गराउने, ‘विहेबारी २० पारी’ कार्यक्रमलाई कार्यान्वयन गर्ने, जोखिममा रहेका र परिवारबाट अलग्गिएका बालबालिकाको पारिवारिक पुःनिर्मलन तथा हेरचाहको व्यवस्था गर्ने लगायतका प्रतिवद्धता जनाइएका छन् । बिरासतखबर बाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

१३ देशका लागि राजदूत सिफारिसमा मुस्लिम र ख्रीष्टियन समुदायको प...

  • September 19, 2026

सुशासन नारा होइन, काम हो; संविधानलाई कामबाट पूरा गर्छौँ’ : प्...

  • September 19, 2026

संविधान राज्य सञ्चालनको मूल कानुन हो : डा. भक्त राई

  • September 19, 2026

संविधान कार्यान्वयन र संरक्षणमा संघीय संसदको भूमिका महत्वपूर्ण...

  • September 19, 2026

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्...

  • September 19, 2026

संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिका...

  • September 19, 2026

रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved