Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

छाेरी जन्मनासाथ ” बालिका बचत” खातामार्फत ४ हजार दिँदै हलेसि नगरपालिका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 28, 2022
15 shares

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘बालिका बचत’ कार्यक्रम अन्तरत १२९ छोरी समेटिएका छन् । छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्याको प्रयास स्वरुप नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरेको ‘बालिका बचत’ कार्यक्रममा १ साउन २०७७ देखि हालसम्म जन्मिएका छोरी समेटिएका हुन् ।

कार्यक्रम लागू भए यता जन्मिएका छोरीको नाममा खाता खोलेर र ३ वर्षको उमेर पुग्दासम्म बार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरिदिनेगरी ‘बालिका बचत’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईले बताईन् ।

‘बालिका बचत’ कार्यक्रममा समेटिएका छोरीको खातामा गत वर्ष र चालु आर्थिक वर्षको रकम जम्मा गरेर भौचर हस्तान्तरण सुरु गरिएको छ । ११ वडामध्ये हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका छोरीलाई रकम जम्मा भएको भौचर हस्तान्तरण गरिसकिएको छ ।

अन्य वडामा सम्वन्धित वडाध्यक्षमार्फत वा आफै पुगेर भौचर हस्तान्तरण गरिने उपमेयर राईले बताईन् । अझैपनि कतिपय छोरीको खाता खोल्न बाँकी रहेकाले रकम जम्मा गर्न बाँकी रहेको जनाइएको छ ।

नगरपालिकालाई बालिकामैत्री नगर बनाउने लक्ष्यकासाथ आर्थिक वर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर ‘बालिका बचत’ कार्यक्रम सुरु गरिएको हो । ‘बालिका बचत’ कार्यक्रम अन्तरगतको सहयोग पाउनका लागि गर्भावस्थामा आमाले चार पटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने प्रावधान छ ।

छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्याको प्रयास स्वरुप कार्यान्वयनमा ल्याइएको ‘बालिका बचत’ कार्यक्रमका लागि नगरपालिका र सालपा विकास बैंकको हलेसी शाखाविचमा बार्षिक ९ प्रतिशतले व्याज उपलव्ध गराउनेगरी हकवाला आमालाई राखेर बालिकाको नाममा १५ वर्षे मुद्धति खाता खोल्ने सम्झौता गरिएको छ । बैंक खातामा नाममा जम्मा भएको रकम बालिका १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । nepalwaid

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved