काठमाडौं । सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दु सय रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।











