Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्री देउवाद्वारा खाेटाङमा मोटरेवल पक्की पुल उद्घाटन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 21, 2022
108 shares

खोटाङ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले खोटाङमा मोटरेबल पक्की पुलको उद्घाटन गर्नुभएको छ । सोमबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सुखोलामाको मोटरेवल पक्की पुल  उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदान नेपालको राष्ट्रहितमा रहेको बताउनुभएको छ । एमसिसी नेपालको राष्ट्रहितमा छ । उहाँले भन्नुभयो, “ यो अनुदान हो, अवश्य पनि यसले देशमा गरिवी निवारणदेखि लिएर आर्थीक विकासमा ठूलो भुमिका राख्ने विश्वास गरिएको छ ।” एमसिसीको बिषयमा केहि व्यक्तिहरुले गलत प्रचार-प्रसार गरे ता पनि एमसिसी कुनै पनि हालतमा राष्ट्र हितको विपरित नरहेको दावी गर्नुभयो ।

५ करोड ६० लाख १० हजार ५ सय ४५ रुपैँया मा निर्माण सम्पन्न भएको उक्त पुल २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सम्झौता भएको थियो । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको दुई करोड बजेटमा निर्माण सम्पन्न भएको हो । ४० मिटर लामो पक्की पुल सूर्य एन्ड सन्स प्रालीले निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको थियो भने, स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल नेपाली कांग्रेस प्रदेश- १ का महामन्त्री एवम् दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले वि.सं. २०७६ साल असार ११ गते शिलान्यास गर्नु भएको थियो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको विशेष पहलमा निर्माण सम्पन्न भएको यस पुलको उद्धाटन गर्न प्रधानमन्त्री देउवा साथमा खानेपानी मन्त्री उमाकान्त चौधरी र नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङदेम्बे हेलीकप्टर मार्फत कार्यक्रम स्थल आउनु भएको थियो ।

साप्सु खोलामा मोटररेवल पक्की पुल निर्माण भएसँगै सदरमुकाम दिक्तेल बजारबाट सोहि गाउँपालिकाको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु खोटेहाङ गागँपालिकाको चिप्रिङल र जन्तेढुङ्गा गाउँपालिका गरी दक्षिणी क्षेत्रका तीन वटा गाउँपालकिाका नागरकिलाई आवत जावतमा सहज भएको छ ।

उक्त पुल उद्घाटन कार्यक्रममा खाेटाङ जिल्लामा रहेकाे नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता साथै जिल्लाबाट नेपाली काँग्रेसकाे सुभचिन्तक नागिकहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved