Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ड्रोनभित्र लुकाएर सुन ल्याएको अभियोगमा एक जना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 18, 2022
3 shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ड्रोनभित्र लुकाएर एक सय ग्राम सुन ल्याएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुटानी शरणार्थीका रुपमा अमेरिका गएका अनिषहाङ बहिङ राई छन् । विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार बिहीबार दिउँसो १२ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन् ।

‘उनको ड्रोनभित्र क्यामराको लेन्स छेऊमा अड्काएर राखेको अवस्थामा एक सय ग्राम सुन बरामद भएको छ’ भट्टराईले अनलाइनखबरसँग भने, ‘उनको लगेजमा रहेको जुत्ताभित्र पनि तीनवटा चाँदी जस्तो देखिने धातु बरामद भएको छ ।’

उक्त धातु ९३४ ग्राम रहेको भट्टराईले बताए । ‘उक्त धातु चाँदी नै हो कि होइन भन्ने परीक्षणका लागि प्रयोगशालामा पठाएका छौं’ उनी भन्छन्, ‘उनले ल्याएको चारवटा आईफोन पनि बरामद भएको छ ।’

सामान्यतयाः विदेशबाट फर्किँदा एउटा आईफोन ल्याउन पाइन्छ । थप ल्याए भन्सार दस्तुर तिरेर मात्र ल्याउनुपर्छ । विमानस्थलका एक अधिकृत भन्छन्, ‘खासमा सुन समातिएको भएर आईफोन पनि बरामद भएको हो, नभए कतिपय व्यक्तिगत प्रायोजनका कुरामा त्यति कडाइ हुँदैन ।’

भुटानी शरणार्थीका रुपमा राई सन् २०१५ मा अमेरिका गएका थिए । यसअघि २०१९ मा पनि उनी नेपाल आएको देखिन्छ । शरणार्थी बुबासँग बिहे गरेकी उनकी आमा पनि अहिले अमेरिकामै छिन् । र, परिवारलाई भेट्न उनी नेपाल आएको खुलेको छ ।

‘उनले आफूलाई त्यसरी ल्याउन पाइँदैन भन्ने थाहा नभएको बयान दिएका छन्’ एक अनुसन्धान अधिकृत भनछन्, ‘उनले अनलाइनबाट खरिद गरेको स्टेटमेन्ट पनि देखाएका छन् । यद्यपि, उनले तस्करी नगरेको भए पनि अवैध तरिकाले सामान ल्याएकाले फन्दामा परेका हुन् ।’

मूलतः नेपालमा तस्करीको सुन दुबई लगायतका मुलुकबाट आउँछ, अमेरिकाबाट आउने व्यक्ति सुनसहित समातिएको घटना विरलै छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved