Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 16, 2022

काठमाडौँ । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो ।

यो मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरिएको सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो ।

मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक लिमिडेट र कृषि विकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रुपमा थ्री एस फाउन्डेशन रहेको छ ।

५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८
सोही मितिमा र सोही स्थानमा सलोम ५औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ पनि आयोजना गरिएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले सो प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमै कृषि कर्जा मेलाको पनि आयोजना गरिएको र यो मेलाको थप आकर्षण हुने संघका अध्यक्ष खोजराज कटुवालले बताए ।

कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषि कर्जा मेलाको पनि आयोजना गरिएको उनले बताए । ‘कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै समस्याको समाधान होस् भन्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो’ कटुवालले भने ।

कृषि कर्जा मेलाको उद्देश्य

कृषि कर्जा विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्याङ्क छ । धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् । यो अवस्थामा आयोजना हुने कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको मेला संयोजक सुशमा शर्माले बताइन् ।

मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने शर्माको भनाई छ । यसैगरी बैंकहरुलाई कृषि कर्जा व्यवसाय विस्तारमार्फत बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नीति निर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरुको उपस्थितिमा कृषि कर्जाको राष्ट्रिय संवाद एवम् कार्यशाला सञ्चालन गरी आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्याउने र कृषक, बैंक, सेवाप्रदायक र नीति निर्माताबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाई छ ।

कृषि कर्जा वास्तविक कृषकसम्म पुग्नुपर्छ : शर्मा
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शर्माले कृषि कर्जाको कन्सेप्ट राम्रो लागेकोले नै सहयोगी संस्थाको रुपमा आफूहरु रहन तयार भएको बताए । यसले वास्तविक निडी वा कृषकसम्म वित्तीय सूचना पुग्ने अपेक्षा गरिएको उनले बताए । कृषि क्षेत्रमा बैंकहरुले ठूलो लगानी भइरहे पनि उपलब्धि न्यून भएको उनको भनाई छ । कृषकले उत्पादन त गरेका छन् तर ढुवानी र बजारिकरणसम्मका भ्यालु चेनमा बैंकले ध्यान दिन आवश्यक रहेको उनले बताए ।

कृषिको उत्पादन र बजारिकणको प्रवद्र्धन गर्ने राष्ट्र बैंक र वित्तीय संस्थाहरुको पनि नीति रहेको उनले बताए । धेरै जसो सहुलियत कर्जा कृषि क्षेत्रमै गइरहेको बताउँदै उनले वास्तविक कृषकसम्म पुग्न नसकेको बताए । कृषि क्षेत्रलाई थप प्रवद्र्धन गर्न बैंक र एसोसिएसन तयार रहेको उनले बताए । बैंकले कृषिमा लगानी बढाउन सके वैदेशिक रोजगारीमा युवा जाने क्रम पनि रोकिने उनको भनाई थियो ।

नेपाली युवा होइन कृषि उत्पादन खाडी पठाउने दिन आउनुपर्छ : शाह
कृषि प्रधान देश तथा मेरो बुबाआमा कृषक भन्न हामी लजाउँछौं तर कृषि र कृषकमा सम्पूर्ण नेपालीले गर्व गर्ने दिन आउनु पर्ने नबिल बैंकका सिइओ अनिल केशरी शाहले बताए ।

यसअघि बैंकहरु घर, जग्गा र मोटर कर्जामै रमाइरहे पनि हाल कृषि क्षेत्रमा लगानी बढाइरहेको उनले बताए । नेपालको माटो नै उर्वर रहेको भन्दै उत्पादन हुनलाई मेहनत नै नचाहिने उनले बताए । यस्तो उर्वर माटोलाई पूर्ण सदुपयोग गर्नुपर्ने उनको भनाई थियो ।

कृषि वस्तुको उत्पादन, भण्डारण र बिक्री वितरणमा बैंकहरुले लगानी बढाउनु पर्ने र कृषिवस्तुको प्रवद्र्धन गर्नुपर्ने बताए । हजारौं युवाहरु जहाज चढेर विदेश जाँदा जहाजको कार्गो खाली हुने बताउँदै उनले त्यसमा नेपालको कृषि उत्पादन भरेर खाडी मुलुक पठाउनु पर्ने बताए ।

विदेश गएर कागज ल्याउने होइन सीप ल्याउनेले अब देश परिवर्तन गर्न सक्ने बताउँदै उर्जाशील युवाहरुलाई नबिल बैंक लगानी गर्न तयार रहेको उनले बताए ।

यो मेलाले कृषक र उद्यमीहरुलाई सहज बनाउने उनले अपेक्षा गरे । मेलामा नयाँ सोच, सीप, ज्ञान, जाँगर भएका व्यक्तिहरुलाई स्वागत गर्न आफू आतुर भएको पनि उनले बताए ।

कृषि उत्पादन बढाउन बैंकले लगानी बढाउनु पर्छ : थापा
नेपालका बैंकहरुले हाल करिब ३ खर्ब जति मात्रै कृषि क्षेत्रमा लगानी गरिरहेको कृषि विकास बैंकका उपकार्यकारी निर्देशक बाबुकाजी थापाले बताए । नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर भएको भन्दै थापाले कृषिको जिडिपीमा योगदान २५.८ प्रतिशत रहेको उल्लेख गरे । नेपालको उब्जाउ जमिनको २१ प्रतिशत मात्रै उपयोग भइरहेको बताउँदै थापाले उत्पादन क्षेत्र बढाउनु पर्नेमा जोड दिए । ब्याज, अनुदानमा मात्रै १३ अर्ब राज्यको खर्च भए पनि उपलब्धि कमजोर भएको उनको भनाई थियो । जसका कारण चामल, दाल, चिनी, फलफुल, तरकारी लगायतका वस्तु ठूलो मात्रामा आयात भइरहेको उनले दृष्टान्त प्रस्तुत गरे ।

कृषि वस्तुमा हुने आयात घटाउन नेपालमै उत्पादन बढाउनु पर्ने थापाले बताए । त्यसैले बैंकहरुले कृषि कर्जा प्रवाह बढाउनु पर्ने उनको भनाई छ । यसका लागि कृषि विकास बैंक तयार रहेको पनि उनले प्रतिबद्धता व्यक्त गरे । कृषक र बैंकलाई जोड्ने भएकोले नै यो मेलाको बैंकले मुख्य प्रायोजन गरेको पनि उनले सुनाए । मेलाबाट कृषक र कृषि क्षेत्रका धेरै समस्या समाधान हुने पनि उनले अपेक्षा गरे ।

बौद्धिक सम्पत्तिलाई पनि बैंकले धितोको रुपमा स्वीकार गर्नुपर्छ : कटुवाल
धितोको अनिवार्यता र झण्झाटिलो प्रकृयाले कृषकहरुले कृषि कर्जा लिन नसकेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले बताए । सीप, क्षमता र योजना हुँदा पनि धितोकै कारण काम गर्न नसकि खुम्चिनु परेको उनको भनाई छ । उनले भने, ‘धितो भएकालाई मात्रै ऋण दिँदा सीप भएका मानिस पछि परिरहेका छन् ।’

विदेशमा सिकेको सीपलाई नेपालमा प्रयोग गर्दा देशको नै विकास हुने उल्लेख गर्दै उनले यसरी विदेशबाट फर्किएकालाई बैंकले थप सपोर्ट गर्नुपर्ने उनले बताए । उनले भने, ‘सीप र ज्ञान लिएर विदेशबाट फर्किएका युवाहरु पछि परिरहेका छन् ।’ आफ्नै उदाहरण दिँदै उनले भने, ‘नेदरलैण्डको मान्छेले मलाई पत्याएर विना धितो ऋण दिएको छ तर नेपालकै बैंकले पत्याउँदैन ।’
त्यसैले मानिसको सीप, ज्ञान, योजना, शैक्षिक तथा सरकारी कागजात धितोको रुपमा राखेर पनि बैंकहरुले कर्जा उपलब्ध गराउनु पर्ने उनले बताए । ब्याज वा साँवा नतिर्ने वा लगत गर्नेलाई सरकारी तथा वित्तिय सेवाबाट बञ्चित गर्न सकिने पनि उनले सुझाव दिए ।

बैंकले अब कृषकलाई पनि पत्याउनु पर्छ : अधिकारी
मेलाको मुख्य प्रायोजक सलोम एग्रिकल्चर प्रा.लि.का निर्देशक श्रीकृष्ण अधिकारीले बैंक र वित्तिय संस्थाकै सहयोगमा आफू कृषि उद्यमी बन्न सफल भएको बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले इजरायलमा सिकेको सीप र लिएको ज्ञानलाई नेपालमा सदुपयोग गरिरहेको सुनाए ।

बैंकले आफूलाई नपत्याएको भए अहिले उद्यमी र व्यवसायी बन्न नसक्ने बताउँदै सफल व्यवसायीहरुलाई बैंककै सहारा रहेको उल्लेख गरे । बैंकले ठूला उद्यमी र व्यवसायीलाई पत्याए पनि साना र ठुला कृषकहरुलाई नपत्याएको अवस्था रहेकोले अब त्यता ध्यान दिनेपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

सांसद प्रदिप बिष्टलाई मतदाता भेट्न भ्याइनभ्याई

  • April 19, 2026

रास्वपा चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने

  • April 19, 2026

भाेलि रास्वपा सचिवालयकाे बैठक बस्दै

  • April 18, 2026

कतै जाँदै हुनुहुन्छ ! यस्ताे छ आजकाे माैसम

  • April 18, 2026

चाँगुनारायण–७ मुख तथा दन्त रोग अस्पताल निर्माणका लागि माननीय र...

  • April 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved