Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अदालतले राेक्काराखेकाे ईच्छाराजकाे जग्गामा एनआईसी एसी एशिया बैंककाे मनलाग्दि,निकाल्याे लिलामिकाे १५ दिने सुचना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 16, 2022
6 shares

काठमाडौं । सिभिल समुहका अध्यक्ष ईच्छाराज तामाङ यतिबेला पुर्पक्षका लागि जेलमा छन् । उनले सिभिल सहकारीका पीडितहरुको ८ अर्बभन्दा बढी रकम ठगी गरेको आरोप छ । तर, तामाङले जोडेको अर्बौंको सम्पत्तिमा बैंकहरुले आँखा लगाउन थालेका छन् । ईच्छाराजको सम्पत्तिमा आँखा लगाउने पहिलो बैंक बनेको छ–एनआईसी एशिाय बैंक ।

एनआईसी एशिया बैंकले तामाङ अर्बौं सम्पत्ति लिलाम गर्ने उद्देश्यले १५ दिने सुचना निकालेको छ । बैंकले एक दैनिक पत्रिकामा सुचना निकाल्दै तामाङ र उनको मामा ससुरा केशवलाल श्रेष्ठको तस्विर छापेको छ । बैंकले १५ दिन भित्र सिभिल समुहको नाममा रहेको चल अचल सम्पत्ति लिलामी विक्री गर्ने चेतावनी दिएका छन् । तर, धितो लिलामीअघि बैंकले कर्जा तिर्न आउँनका लागि ऋणीलाई अल्टिमेटम दिएको सुचनाको मिति उल्लेख गरेको छैन ।

काठमाडौंको कलंकी मालोपोत कार्यालयमा दर्ता कायम रहेको वडा नम्बर १३ स्थित कित्ता नम्बर १७२ मा रहेको ७३९ र कित्ता नम्बर ९२ को २ सय ५७ वर्गमिटर जग्गा तथा भविष्यमा चर्चिने सम्पूर्ण लिगलगापात समेत लिलामी गर्ने सुचना बैंकले सुचना निकालेको छ । त्यस्तै सिभिल समुहको स्वामित्व रहेको सम्पूर्ण सामग्री समेत लिलामीमा परेको छ ।

 

प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले तामाङसहित सिभिल बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पक्राउ गरि मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंले सिभिल समुहका अध्यक्ष तामाङको स्वामित्वमा रहेको सम्पूर्ण सम्पत्ति रोक्का गरेर राखेको छ । तर, रोक्का रहेकै सम्पत्ति बैंकले लिलामी गर्ने सुचना निकालेको हो ।

‘हामी बचतकर्ताहरुको उजुरीका आधारमा तामाङ र श्रेष्ठसहित १२ जनालाई पक्राउ गरेको हो । हाम्रो सम्पत्ति फिर्ता नभएसम्म बैंकले लिलामी गर्न पाउँदैन,’ एक ऋणीले दियोपोस्टसँग भने,‘ती सबै बैंकिङ र गैर बैंकिङ सम्पत्ति सिभिल सहकारीकाो पैसाबाट किनिएको हो । बैंकले ईच्छाराजको होइन हामी बचतकर्ताहरुको सम्पत्तिमा गिद्दे नजर लगाएको भान भएको छ ।’

यसअघि ओरेन्टल सहकारीबाट पीडित भएकाहरुको उजुरीको आधारमा पक्राउ परेका सुधिर बस्नेतको अर्बौंको सम्पत्ति पनि एआईसी एशियाले हत्याएको थियो । यतिबेला उक्त जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । एनआईसीले ईच्छाराजको सम्पत्ति पनि त्यसै गरि हत्याउने प्रपञ्च रचेको आरोप छ । photo by diyopost.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved