Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पेट्रोलियम व्यवसायीले आपूर्ति ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 14, 2022
15 shares

निकेश खत्री ,काठमाडौं । पेट्रोलियम व्यवसायीले आपूर्ति ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी दिएपछि बजारमा ग्यास आपूर्तिमा चाप परेको छ । व्यवसायीहरूले ढुवानी भाडा बढाउन माग गर्दै चैत पहिलो सातादेखि आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । आन्दोलन भएपछि ग्यास पाउन मुस्किल पर्ने आशंका गर्दै उपभोक्ताहरू सिलिन्डिर भर्न र अतिरिक्त जम्मा गर्न लागिपरेका हुन् । जसकारण ग्यास आपूर्तिमै चाप परेको हो ।

व्यवसायीले माग पूरा नभए चैत ५ गतेदेखि देशभर चरणबद्ध आन्दोलन गर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन, नेपाल ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।

उनीहरूले पेट्रोल र डिजेलको मूल्य बढ्दा ढुवानी लागत बढेको र सोहीअनुसार ढुवानी भाडा समायोजन गर्नुपर्ने माग राख्दै आएका छन् । यो माग पूरा नभए सरकार र नेपाल आयल निगमलाई जसरी पनि घुँडा टेकाउने उनीहरूको दाबी छ । चेतावनीपछि उपभोक्ताको घर–घरमा रहेका ग्यासका खाली सिलिन्डर बजारमा आउन थालेको छ । जसले समग्र बजारको ग्यास आपूर्तिलाई नै दबाब दिइरहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्लीले बताए । उनले भने, ‘उपभोक्ता आफ्नो घरमा राखेका खाली सिलिन्डर भर्नतर्फ लागेका छन् । यसले बजारमा माग र आपूर्ति श्रृङ्खला नै प्रभावित पारिरहेको छ ।’ बजारमा ग्यास अभावको हल्ला चलेपछि एकाएक ग्यासको माग बढेको मल्लीको भनाइ छ ।
एलपी ग्यास उद्योग संघका अनुसार नेपालमा दैनिक सरदर १ लाख सिलिन्डिर ग्यास खपत हुने गरेको छ । यस हिसाबले मासिक औषतमा ३० लाख सिलिन्डर ग्यास खपत हुने गर्छ । तर, बजारमा ग्यास उद्योगका डेढ करोडभन्दा बढी सिलिन्डर छरिएर रहेको संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारीले बताए । बजारमा छरिएर रहेको सबै ग्यास सिलिन्डर आएमा माग र आपूर्ति श्रृङ्खलामा थप समस्या हुने उनी स्वीकार्छन् ।
संघका अनुसार हाल बजारमा २० देखि २५ प्रतिशत माग बढेको छ । यसका साथै, रूस र युक्रेनबीच जारी युद्धले पछिल्लो समय अन्तरराष्ट्रिय बजारमै सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपालको पेट्रोलियम बजार पूर्णतः अन्तरराष्ट्रिय बजारमा निर्भर छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्दा नेपाल स्वतः प्रभावित बन्छ । Ratopati.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved