काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको घघऔं वार्षिक साधारणसभा २०७८ फागुन २९ गते कम्पनीका अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।
सभामा अध्यक्षले आव २०७६/७७ मा कम्पनीको सबै वित्तीय सूचाकांकहरु उत्साहप्रद रहेको छ । कूल बीमाशुल्क १५.१२ प्रतिशतले वृद्धि भई रु ९२६.७४ करोड पुगेको छ । जीवन बीमा कोष २४.२९ प्रतिशतले वृद्धि भई रु ३,३४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले वृद्धि भई रु ३,१८५ करोड पुगेको छ ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आव २०७६/७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको जनाएका छन् । कम्पनीको चुक्ता पूँजीसमेत सन्तोषजनक रहेको र चालु वर्षको बोनस समेत गरी कूल पूँजी रु ४ अरब ३ करोड नाघेको छ । कम्पनीले आगामी वर्षहरुसमेत बीमितलाई बीमालेखमा यथोचित प्रतिफल उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता छ ।
सभामा अध्यक्षले आव २०७७/७८ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले वृद्धि भई रु ४ अरब नाघेको जानकारी गराइन् । आगामी दिनमा समेत नेशनल लाइफ एक मुख्य बीमकका रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्तिमा अग्रणी भूमिका निर्वाह गर्नेमा विश्वास प्रकट गरिन् ।










