Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नाै बर्षमा पनि नबनेकाे एउटा पुल,कहिले बन्ला त !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 13, 2022
27 shares

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ ।

विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको काम पछिल्लो समय थप गरिएको समयसीमाभित्र पनि सम्पन्न हुने छाँटकाँट छैन ।

जिल्लाबाट पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत पर्ने गरेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा छ वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्यको करोडौँ रकम खर्च भइसकेको छ ।

अस्थायी रुपमा जडान गरिने फोक्सिङ्टारको बेलीब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माणमा ढिलासुस्ती आवतजावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले जानकारी दिए ।

खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्डअन्तर्गत जयरामघाट पछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षात्को समयमा यातायात ठप्प हुने गरेको छ । पुल अभावमा वर्षको करिब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुने गरेको उपभोक्ताले बताउने गरेका छन् ।

फोक्सिङ्टार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटक–पटक आफैँले गरेको प्रतिबद्धता कुल्चँदै आएको छ । गत माघ २६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राई र सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नं १ का प्रमुख इञ्जीनियर कैलाश साहको अगाडि निर्माण ठेकेदार रामकुमार थापाले पछिल्लोपटक थपिएको समयसीमाभित्र जसरी पनि पुलको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

फोक्सिङ्टार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका काम पूरा गर्नेगरी कामलाई अघि बढाउन विसं २०७४ माघ २ गते ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेको थियो ।

फोक्सिङटारमा सुरुमा ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर, त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने जनाउँदै विसं २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो । फोक्सिङ्टारको भौगोलिक अप्ठ्यारोका कारण ‘सस्पेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएका कारण डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण सुरु गरिएको हो ।

दोस्रोपटक डिजाइन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुल निर्माणको काम सुरु गरेको थिएन । ठेकेदार कम्पनीले हाल पुल निर्माणमा ढिलासुस्तीका कारण त्यही डिजाइन परिवर्तन र डिजाइन स्वीकृतिमा भएको ढिलाइलाई देखाउने गरेको छ । निर्माणाधीन पुलको नयाँ डिजाइन स्वीकृत भएदेखि यता लामो समयसम्म पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बासिन्दा बताएका छन् । शिलान्यास गरेको लामो समयसम्म पुल निर्माणको काम सम्पन्न नभएपछि जिल्लामा हुने हरेक कार्यक्रममा ठेकेदार कम्पनीको आलोचना हुने गरेको छ ।

जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको पुल निर्माणको कामले पछिल्लो समय भने गति लिएको छ । फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्ने गरी गौरी पार्वती वाइपी जेभीले ठेक्का लिएको हो ।

निर्माणाधीन पक्की पुलको अहिले ‘आर्क’को ट्रस राखेर आरसिसी ढलान सुरु गरिएको ठेकेदार कम्पनीका प्रमुख मदन मगरले जानकारी दिए । “खोटाङ र उदयपुरतर्फ दुई–दुई कोलम आरसिसी ढलान गरिसकिएको छ”, उनले भने, “आगामी चैत मसान्तभित्र ‘आर्क’ ढलानको काम सम्पन्न हुन्छ । ‘आर्क’ उठाउने काम सम्पन्न भएकाले अब वर्षामा समेत पुल निर्माणको काम रोकिँदैन । यस वर्ष कुनै पनि हालतमा सम्पन्न हुन्छ ।”

फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुल १२० मिटर लम्बाइको हुने डिजाइनमा उल्लेख छ । निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घट्नुका साथै आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved