काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।
युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई मर्जर गरे पश्चात बनेको कमपनीको सञ्चालक समितिको निर्णयआनुसार शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तले गत पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । घोडीघोडा लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर शेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्जरमा गएका हुन् ।










