Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धाटा कमगर्न आयल निगमद्वारा आन्तरिक र बाह्य खर्च कटाैति,कर्मचारि पाेसाक खर्च सँगै पम्पकाे कमिसन हट्याे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 8, 2022
9 shares

काठमाडौं । नेपाल आयल निगमले विश्व बजारमा मूल्य निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ बिक्रीबाट बेहोरिरहेको घाटा न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थ बिक्रीबाट हुने बढ्दो घाटा न्यूनीकरण गर्न निगमले आन्तरिक र बाह्य दुवैतर्फका खर्च कटौती गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आएपछि निगमको बोर्ड बैठकले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रेताले पाउने कमिसन कटौती गर्ने निर्णय गरेको हो । निर्णयअनुसार ढुवानीकर्ता तथा बिक्रेताले प्रतिशतका आधारमा पाउने कमिसनलाई भने यथावत् राखिनेछ ।

यसको अर्थ माघ ७ गते बसेको बोर्डको बैठकअनुसार एक लिटर पेट्रोल बेचेबापत बिक्रेताले ५.७१ रुपैयाँ कमिसन पाउँथे । तर, त्यस यताको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा १४ पैसा कमिसन थप हुनुपर्ने थियो । कानुनी रूपमै पाउनुपर्ने कमिसन काटिएपछि व्यवसायी यतिबेला आन्दोलनमा उत्रिएका छन् ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा १६ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ घाटा छ । यस्तै, पेट्रोलको लागत प्रतिलिटर १६६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १४४ रुपैयाँ हुन आउँछ । प्राप्त नयाँ मूल्यसूची अनुसार थपिने कमिसनका आधारमा निगमलाई १५ दिनमा पेट्रोलमा ३८ र डिजेलमा ६३ लाख रुपैयाँ जोगिने बताइएको छ ।
हाल नेपालमा पेट्रोलको दैनिक बिक्री २२ सय किलोलिटर र डिजेलको बिक्री दैनिक ४५ सय किलोलिटर रहेको निगमको तथ्यांक छ । यस आधारमा पेट्रोलमा ३८ लाख रुपैयाँ र डिजेलमा ६३ लाख रुपैयाँ जोगिने र घाटा कम हुने निगमको विश्लेषण छ । तर, निगमको यही नीतिविरुद्ध राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आन्दोलन नै घोषणा गरेको छ । निगमको बोर्ड बैठकले गरेको निर्णय तत्काल फिर्ता हुनुपर्ने र माग सम्बोधन नभएमा देशभर पेट्रोलियम पदार्थको बिक्री–वितरण रोक लगाउन व्यवसायीले चेतावनी दिएका छन् ।
व्यवसायीको ७ बुँदे चेतावनी
यसैबीच पेट्रोलियम व्यवसायीहरूले सरकारसमक्ष ७ बुँदे चेतावनी पेश गरेका छन् । कमिसन कटौती गर्ने निर्णय तत्काल फिर्ता नभएमा चैत पहिलो सातादेखि देशव्यापी  आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।
आफूहरूको माग सम्बोधन नगरे चैत ५ गतेदेखि स्थानीयस्तरका पेट्रोलियम व्यवसायीहरूले स्थानीय एसोसिएशन, पेट्रोलियम ढुवानी व्यवसायी संघ र एलपी ग्यास उद्योग संघका स्थानीय प्रतिनिधिले स्थानीय स्तरमा आन्दोलन समिति गठन गर्ने र चैत ६ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।

कर्मचारीले पाउने पोसाक खर्च हट्यो

निगमले खर्च कटौती गर्ने क्रममा आन्तरिक रूपमा कर्मचारीले पाउँदै आएको पोसाक संरक्षण खर्च हटाएको छ । निगमको बोर्ड बैठकले यसअघि कर्मचारीले प्रतिदिन पाउँदै आएको १५ रुपैयाँ पोसाक संरक्षण खर्च समेत हटाएको हो ।

यतिबेला पेट्रोलियम पदार्थको बिक्रीबापत सञ्चालन खर्च मात्र नभइ भारतसँग तेल किनेको पैसा समेत तिर्न नसक्ने स्थितिमा निगम पुगेको छ । पेट्रोलको बिक्री मूल्य अहिलेसम्मकै उच्च बिन्दु १५० रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर कायम गर्दा पनि निगम प्रत्येक १५ दिनमा २ अर्ब ५० करोड रुपैयाँ घाटामा छ ।

सोहीकारण निगमले तेल किनेको पैसा र सञ्चालन खर्च जुटाउन नसकेपनि घाटाको बोझ कम गर्न कर्मचारीले पाउने पोसाक संरक्षण खर्च कटाएको हो । यसबापत निगमले वार्षिक ३० लाख रुपैयाँ जोगाउने प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनले भने, ‘निगमको दरबन्दीअनुसार वार्षिक ४८ लाख रुपैयाँ खर्च हुन्छ । तर, दरबन्दी अनुसार कर्मचारी छैनन् ।’

९०० दरबन्दी रहेको निगममा हाल ५०० जना कर्मचारी छन् । उनीहरूले यस अघिसम्म पोसाक संरक्षण (लुगा धुन भन्दै) दैनिक १५ रुपैयाँका दरले भत्ता पाउँदै आएका थिए ।

तेल किनेको रकम तिर्न ४ अर्ब

आईओसीलाई तेल किनेको पैसा भुक्तानी गर्नै नसक्ने स्थितिमा पुगेको निगमलाई सरकारले ४ अर्ब २५ करोड रुपैयाँ दिने भएको छ । सरकारले यसअघि मूल्य स्थिरीकरण कोषमा जम्मा गरेको रकम निगमलाई दिन लागेको हो । निगमले प्रत्येक महिनाको ८ र २३ तारिखमा आईओसीलाई तेल किनेको रकम एकमुष्ट भुक्तानी गर्नुपर्छ ।

जसअनुसार यसपटक डिजेल, पेट्रोल, मट्टितेल, र हवाई इन्धन खरिद गरेबापत निगमले आईओसीलाई एकमुष्ट रूपमा १६ अर्ब रुपैयाँ बुझाउनुपर्ने छ । यही रकम भुक्तानी गर्न अपुग भएपछि सरकारले एकै पटक ४ अर्ब रुपैयाँभन्दा बढी रकम निगमलाई उपलब्ध गराउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved