Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भोजपुरमा कम्युनिस्ट सांसदले यसरी छरे भ्रम, कांग्रेसका मेयरले प्रमाण सहित गरिदिए पर्दाफास (प्रमाण सहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 7, 2022
549 shares

भोजपुर । कम्युनिस्टहरु जनतालाई भ्रमित पार्न कति सिपालु हुन्छन् भनेर अब प्रमाणित गरिरहन पर्ने अवस्था छैन। उनीहरुका कामले नै यसको पुष्टि गरेको छ। आफ्नो स्वार्थ र अनुकुलताका लागि भ्रम छर्नु कम्युनिस्टहरुको मुल प्रवृत्ति नै हो।

राष्ट्रिय योजनाका सन्दर्भमा हुन् वा स्थानीय स्तरमा यो प्रवत्ति झाँगिदै गएको छ। आफ्नो स्वार्थ अनुकल भए राष्ट्रिहित र आफ्नो स्वार्थ अनुकुल नभए राष्ट्रघात हुने व्याख्या कम्युनिस्टहरुले गर्दै आएका छन्। जुन अतित देखि वर्तमानसम्मका कयौं उदाहरणले पुष्टि गरेकै छन्।

यस्तै छलकपटपूर्ण प्रवृत्ति देखाएर जनतालाई भ्रमित पार्नेकाम भोजपुरका सांसद सुदन किरातीले गरेका छन्। नेकपा माओवादी केन्द्रका नेता समेत रहेका किरातीले भोजपुरे जनतालाई गुमराहमा राख्ने प्रयास गरेका छन्। नजिकिँदै गएको चुनावमा मत बटुल्ने योजना अनुरूप उनले भ्रम छरिरहेका छन्।

सांसद किरातीले सघन सहरी तथा भवन निर्माण आयोजनबाट विनियोजित २५ करोड बजेटमा राजनीति घुसाएर भ्रम छर्ने प्रयत्न गरेका छन्। आफ्नो पहलमा बजेट विनियोजन भएको भनेर सांसद किरातीले सामाजिक संजाल मार्फत प्रचार गरिरहेका छन्। २५ करोड बजेट अर्थमन्त्री शर्मा र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पहलमा विनियोजन भएको उनले जनाएका छन्।

उनले अर्थमन्त्रीसँगको तस्विर फेसबुकमा पोस्ट गर्दै लेखेका थिए, ‘भोजपुर नगरवासीको लागी खुशीको खबर ! मा. अर्थ मन्त्री जनार्दन शर्मा र मा. शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सकारात्मक सहयोगमा शहरी विकासको निम्ति भोजपुर नगरपालिकालाई रु –२५ ०००००००। (पश्चिस करोड) विनियोजन भएको छ । हाम्रो नगरपालिकामा महत्वपूर्ण भौतिक पूर्वधार के–के हुन सक्छ ? नगरवासीबाट तत्काल सुझाब पाउँ । काम टेण्डर प्रकृयाबाट हुने जानकारी गरिन्छ। धन्यवाद !’

सांसद किरातीको यो दावी भने सत्य भन्दा धेरै टाढा छ। तथ्य भुलेर भिथ्या प्रचार उनले फैलाएका छन्।

के हो वास्तविकता?

सांसद किरातीले फेसबुकमा उत्साही हुँदै भोजपुरबासीका नाममा स्टाटस लेखिँरहँदा आयोजनाको काम अघि बढिसकेको छ। भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले उक्त बजेटबाट निर्माण हुने संरचनाको प्राविधिक मूल्यांकन समेत गराइसकेका छन्।

फागुन ३ गते सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले भोजपुर नगरपालिकालाई पत्र लेख्दै सघन सहरी विकास कार्यक्रम लागू गर्न २५ करोडको योजना लागू गर्न स्विकृत भएकाले योजना छनौट गरी पठाउन भनेका थियो।

हेर्नुहोस् आयोजनाले लेखेको पत्र

आयोजनाको पत्र अनुसार भोजपुर नगरपालिकाले फागुन ८ गते योजना छनौटगरी पत्र लेखेको थियो। नगरपालिकाले १५ वटा सडक आयोजना, मिनि मार्केट र शनिवारे हटिया निर्माण, पर्यटन क्षेत्रसँग सम्बन्धित चार आयोजना र २ वटा भवन निर्माणका योजना छनौट गरी आयोजनालाई पत्र लेखेको थियो। जुन स्विकृत समेत भएको छ।

हेर्नुहोस् नगरपालिकाको पत्र

नगरपालिकाले छनौट गरेका आयोजना स्विकृत भएपछि मेयर आलेले मिनि मार्केट र शनिवारे हटिया निर्माणका लागि फागनु १३ गते नै प्राविधिक अध्ययन समेत गराइसकेका छन्। तर, सांसद किरातीले भने आइतबार मात्रै बजेट विनियोजन भएको थाहा पाएको झैं गरी स्टाटस लेखेका थिए। ‘पहिलो चरणको प्राविधिक नापजाँचको काम भइसकेको छ।

‘हामीले नै योजना छनौट गरेर पठाएका हौं। राज्यमन्त्री उमेश श्रेष्ठ र प्रलाद न्यौपानेको पहलमा बजेट आएको हो। तर, मानीयज्यूले भर्खरै बजेट विनियोजन भएको झैं गरी प्रचार गर्नुभएको छ,’ मेयर आलेले भने, ‘दुईचार भोट बटुल्न र स्टन्टका लागि त उहाँको यो गलतप्रचार काम लाग्ला। तर, सस्तो लोकप्रियताका लागि जनतामा भ्रम छर्ने काम राम्रो होइन। उहाँका पहलमा भएका कामको जस उहाँलाई जान्छ र दिनुपर्छ। तर, अर्काको पहल र प्रयत्नबाट भएका कामको जस पनि उहाँले लिन खोज्नुभएको छ। जुन आश्चर्यजनक छ।’

congresspati.com बाट जस्ताकाे तस्तै ….

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved