Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यातायात भाडा समायोजन गर्न महासङ्घको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 7, 2022
0 shares

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ ।

महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो ।सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा प्रतिलिटर रु २६ र पेट्रोलको मूल्य प्रतिलिटर रु ३९ वृद्धि भएको छ ।

महासङ्घले पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने अवस्था भए पनि इन्धनको मूल्यमा उच्चवृद्धि हुँदासमेत सरकारले भाडा समायोजन गर्न चासो नदेखाएपछि आन्दोलित हुनुपरेको जनाएको छ ।

महँगोमा इन्धन खरिद गरेर घाटामा सेवा दिँदा यातायात व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोरेको महासङ्घका महासचिव भरत नेपालले बताउनुभयो । नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

अहिले नेपालमा डिजेलको मूल्य प्रतिलिटर रु १३३ र पेट्रोलको मूल्य प्रतिलिटर रु १५० पुगेको छ । यातायात क्षेत्रको सुधारका लागि महासङ्घले दिएको सुझावको सरकारले बेवास्ता गरेको भन्दै उनले आगामी चैत १ गतदेखि दबाबमूलक कार्यक्रम सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved