Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नाै याेजना र दुई विधेयक संशाेधन गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे १०औँ हिउँदे गाउँसभा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 22, 2022
9 shares

Open photo

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नौ योजनालाई संशोधन गर्दै  सोमबार  १० औं हिउँदे गाउँसभा  सम्पन्न गरेको छ ।गाउँपालिकाले ३३ लाखको विभिन्न योजनालाई संशोधन गर्दै नयाँ योजनामा रकमान्तर गर्ने निर्णय गरेको छ ।

दिप्रुङ गाउँपालिका–१ याम्खास्थित साना जुत्ता तथा चप्पल उद्योगका लागि विनियोजित ३ लाखमध्ये चुलिपहरा याम्खा सडक योजनाका लागि २ लाख ५० हजार र देउराली राईटोल हुँदै इश्वर विष्टको घरसम्म सडक निर्माणका लागि ५० हजार विनियोजन गरिएको पालिका प्रमुख भुपेन्द्र राइले जानकारी दिएका छन ।

दिप्रुङ गाउँपालिका–२ डाँडागाउँस्थित वासमाला कोप्चे खानेपानी योजनाका लागि विनियोजन गरिएको २ लाख बजेटमध्ये नाली भीमसेनथान मन्दिर निर्माणमा १ लाख, बोडिङ मुहान भइ ओख्रेबजार खानेपानी योजनाका लागि ५० हजार र वारङ खानेपानी योजनाका लागि ५० हजार विनियोजन गरेको छ ।

गाउँसभाले डाँडागाउँकै गेरीबारी खानेपानी योजनाका लागि विनियोजन गरिएको १ लाख ५० हजारको सट्टा मझौं सडक सोलिङ तथा वाल निर्माणको काम गर्ने निर्णय गरेको छ । डाँडागाउँस्थित नालिटार खानेपानी योजनाका लागि विनियोजित २ लाखबाट पञ्चकन्य आधारभुत विद्यालय शौचालय निर्माणका लागि १ लाख ५० हजार र नालीडाँडा घर धारा मर्मतका लागि ५० हजार खर्च गरिने भएको छ ।

उक्त दिप्रुङ गाउँपालिका–३ छोरम्बुस्थित खरुवा खोला रोभोलुङ राजकुलोका लागि विनियोजन गरिएको १५ लाखमध्ये सिस्ने खानेपानी मर्मत रोभोलुङका लागि ५ लाख, रोभोलुङ आहालडाँडा रातमाटा सडकका लागि ५ लाख, बुल्कुखोला मुहान भइ वारिपुच्छरसम्म आउने कुलोका लागि १ लाख, कोटालेडाँडा जाने सडकका लागि २ लाख र याङसोला वरडाँडा सडकका लागि २ लाख विनियोजन गरिएको छ । छोरम्बुकै एकछाँगे कुलो मर्मतका लागि बिनियोजन गरिएको ४ लाखले सापातेल खेलमैदान प्याराफिट निर्माणको काम गर्ने निर्णय गरिएको पालिका प्रमुख भुपेन्द्र राइले बाताए । भने  गाउँसभाले भूमी ऐन र वन ऐन विधेयक स्वीकृत गरेको छ । गाउँसभा सदस्य गिरीले प्रस्तुत गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको भूमी तथा वन व्यवस्थापन सम्वन्धमा बनेको विधयेक स्वीकृत गरेको हो ।

दिप्रुङ गाउँपालिका–४ बतासेस्थित बालाचौंर खानेपानी योजनाका लागि विनियोजन गरिएको २ लाख र पिपलकुवा मर्मतका लागि विनियोजन गरिएको १ लाखबाट बाचाचौंर खाल्ले सडक निर्माण गरिने भएको छ । दिप्रुङ गाउँपालिका–५ सछितापोखरीस्थित दाहाल प्रतिष्ठान कुलपुजा मन्दिर निर्माणका लागि विनियोजन गरिएको ३ दाखबाट दाहाल प्रतिष्ठानमा वाल निर्माण गर्नेगरी रकमान्तर गरिएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्ष खर्च हुन नसकेर सञ्चित कोषमा जम्मा भएका ४९ लाख बजेट २५ वटा नयाँ योजनामा विनियोजन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved