Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली ख्रीष्टीयन जगतकाे धराेहर पाष्टर राेबर्ट कार्थक काे निधन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 18, 2021
474 shares

काठमाण्डौं, ४ जेठ । नेपालका सबैभन्दा बयोबृद्ध क्रियाशील पाष्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा जेठ ४ गते विहान ३ः१५ बजे काठमाण्डौंमा निधन भएको छ। नेपाली इसाई मण्डली (नेइम चर्च) ज्ञानेश्वर काठमाण्डौंका वरिष्ठ पास्टर रोबर्ट कार्थक केहि दिन अघिबाट अस्वस्थभई अस्पताल भर्ना भएका थिए । उनको निधन भएको खबर पुष्टि गर्दै प्रार्थनामा सहयोग गर्ने सबैप्रति नेपाली इसाई मण्डली ” ज्ञानेश्वर कार्यकारीणि समितिले आभार व्यक्त गरेको छ ।

 

नेपाली ख्रीष्टियान समुदायका सबै जनाले पास्टर रोवर्ट कार्थकलाई आदर गर्दै आएका थिए । सन् १९२६ जनवरी १० का दिन भारतको कालिङपोङमा ख्रीष्टियान परिवारमा जन्मेका रोबर्टले सन् १९४६ मा येशूलाई प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरेका थिए । सन् १९५६ मा येशू ख्रीष्टको प्रचार गर्दै नेपाल आएका उनले पास्टर डेभिड मुखियाबाट पानीको बप्तिस्मा लिएका थिए ।

 

पाष्टर रोबर्ट कार्थकले सन् १९५७ मा डिल्लीबजार काठमाण्डौंमा सङ्गतिको सुरु गरेका थिए । त्यहि संगतिलाई पछि ज्ञानेश्वर चर्च र हाल नेपाली इसाई मण्डली (नेइम चर्च) भनेर चिनिन्छ । पाष्टर रोवर्ट कार्थकले सन् १९६० मा मेरी लेप्चासित विवाह गरेका थिए । उनका दुई जना छोरामध्ये पाष्टर शामुएल कार्थक सोही चर्चमा सेवाकाई गर्दै आएका छन् । पाष्टर रोबर्ट कार्थक नेपालकै एक सर्वाधिक ठुलो मण्डली स्थापना गर्न सफल भएका छन् ।

 

अनेकौं अवसरलाई त्यागेर ख्रीष्टियन जीवन जिउन प्रेरणा दिने उनी समग्र नेपालभरका मण्डलीहरुमा परिचित थिए । उनको सेवकाइलाई नेपालमा सफल सेवकाइको रुपमा मानिन्छ । उनले गत मे १ तारिखका दिन समेत ‘विस्वासीहरूको अन्तरबिन्तिको लागि पवित्रआत्माको सहायता’ भन्ने विषयमा अनलाईन सेवाबाट बचन बाडेका थिए । पाष्टर कार्थक नेपाली इसाईहरुका लागि प्रेरणाको श्रोत मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved