Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ऐसेलुखर्क गाउँपालिकाको पाँचौं हिँउदे गाउँसभा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 18, 2022
3 shares

खेमराज पुरी ,खोटाङ। 

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चालुतर्फ ३७.७५ प्रतिशत बजेट खर्च गरेको छ । बुधबार सम्पन्न पाँचौं हिँउदे गाउँसभामा चालुतर्फ आर्थिक वर्ष २०७८/०७९ मा २९ करोड २७ लाख ९५ हजार ९०० रुपैयाँ विनियोजन गरिएकामा ११ करोड ५ लाख ३१ हजार ५८५ खर्च भएको जानकारी दिइएको छ ।

गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनमा पुँजीगततर्फ २१.८१ प्रतिशत खर्च भएको देखाइएको छ । चालु आर्थिक वर्ष पुँजीगततर्फ १६ करोड ७८ लाख १७ हजार विनियोजन गरिएकामा ३ करोड ६६ लाख ५ हजार २६८ खर्च भएको गाउँपालिकाले जनाएको छ ।चालुतर्फ १८ करोड २२ लाख ६४ हजार ३१५ र पुँजीगततर्फ १३ करोड १२ लाख ११ हजार ७३२ गरी ३१ करोड ८४ लाख ७६ हजार ४७ रुपैयाँ बजेट खर्च हुन बाँकी रहेको आर्थिक प्रतिबेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाले कुल ४६ करोड ५६ लाख १२ हजार ९०० बजेट ल्याएकोमा हालसम्म १४ करोड ७१ लाख ३६ हजार ८५३ खर्च भएको छ । वित्तिय व्यवस्थापनमा विनियोजन गरिएको ५० लाख भने हालसम्म गाउँपालिकाले खर्च गर्न सकेको छैन । हिउँदे गाउँसभामा गाउँपालिकाले हालसम्म गरेको निर्णय तथा प्रगती विवरण प्रस्तुत गरेको छ ।

यस्तै, विभिन्न वडागत बजेटको शिर्षक परिवर्तन लगायतका निर्णय गरिएको छ । गाउँसभाले बादेल–विस्काम सडकको लागि ९ लाख रुपैयाँ वियोजन गरेको छ । यस्तै ज्यामिरेस्थित नेपाने सडकका लागि ३ लाख विनियोजन गरिएको छ ।गाउँसभा सदस्य दुर्गा श्रेष्ठले गत ७ साउनमा बसेको गाउँकार्यपालिकाको बैठकले कर्मचारीको प्रोत्साहनभत्ता सम्वन्धी गरेको निर्णय गाउँसभामा प्रस्तुत नगरिएको भन्दै आपत्ती जनाएका थिए ।

गाउँ कार्यपालिकाले १ साउनदेखि लागू हुनेगरी सुरु तलवको स्केल हुन आउने दरले प्रमुख प्रशासकीय अधिकृत र लेखापालको शतप्रतिशत, योजना शाखा प्रमुख, रोजगार संयोजक र कार्यालय सहयोगीको ५० प्रतिशतले प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णय गरेको थियो ।गाउँसभा गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, गाउँसभा सदस्य, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved