Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भेन्टिलेटर खरिदमा मुछिए ईश्वर पाेखरेलका छाेरा: वीर अस्पतालकाे नयाँ भवन अलपत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 18, 2021
501 shares

काठमाडौं। वीर अस्पतालमा अक्सिजन र भेन्टिलेटर उपलब्ध भए ५ सय बेडको नयाँ अस्पताल तयार हुने थियो ।
तर, सरकारी लाचारीका कारण हजारौँ नागरिक सडकमै मृत्युवरण गर्नुपर्दा समेत यो भवन हेरेरै बस्नुपर्ने अवस्था आएको छ ।
गत हप्ता आइतबारदेखि सञ्चालनमा आउने भनिएको वीरको नयाँ भवनमा अक्सिजन भेन्टिलेटर र मनिटरको अभाव कारण हालसम्म पनि सञ्चालनमा ल्याउन सकेको छैन ।

काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा नयाँ भेन्टिलेटर र भेन्टिलेटरको मनिटर खरिद गर्न रकम उपलब्ध गराउने घोषणा पनी गरेको थियो ।तर, सोही खरिद प्रकरणमा रहस्यमयी रुपमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पुत्र स्वराज पोखरेल समलग्न रहेको म्याक्सिम इन्कर्पोरेशन प्रा.ली रहस्यमयी रुपमा जोडिएको छ । स्रोतका अनुसार करिब ५ करोड रुपैयाँको भेन्टिलेटर र मोनिटर खरिद प्रक्रिया नै मिचेर उक्त कम्पनिलाई दिएको हो ।

काठमाडौं महानगरपालिकाले वीर अस्पतालका लागि १५ वटा भेन्टिलेटर र ५० वटा भेन्टिलेटरमा प्रयोग हुने मनिटर खरिदका लागि वीर अस्पताललाई रकम उपलब्ध गराउने सम्झौता भएको थियो । वीर अस्पताल , शिक्षण अस्पतालसहित राजधानीका १२ अस्पताललाई महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

स्रोतका अनुसार म्याक्सिमले एउटा भेन्टिलेटर भ्याट बाहेक १९ लाख ८३ हजार २ सय ४० रुपैयाँमा किन्ने प्रस्ताव गरेको छ । बजारमा १७ लाख रुपैयाँ पर्ने भेन्टिलेटर महँगोमा किन्ने प्रस्तावमा वीरका उच्च तहका कर्मचारीले सहयोग गरेका छन् ।वीरमा म्याक्सिमले १ लाख २९ हजार रुपैयाँ पर्ने भेन्टिलेटर मनिटरलाई २ लाख रुपैयाँमा किन्ने प्रक्रिया थालेको स्रोतले बताएको छ । स्रोतका अनुसार शिक्षण अस्पतालमा पनि म्याक्सिमले नै भेन्टिलेटरलगायतको उपकरण खरिद गरेको छ ।

 

उपप्रधानमन्त्री तथा सिसिएमसीका अध्यक्ष रहेका ईश्वर पाखरेलकै प्रत्यक्ष निर्देशनमा उक्त कम्पनिलाई उपखरण खरिदको ठेक्का दिइएको स्रोत बताउँछ ।वीरको नयाँ भवनको भेन्टिलेटर खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै विरोध जनाएपछि केही समय रोकिएको थियो । पोखरेलकै पुत्रको समलग्नता रहेको कम्पनिलाई दिनुपर्ने भन्दै महानगरपालिकाले नै भाँजो हालेको स्रोतको दाबी छ ।

दियाे पाेष्टबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved