Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काेराेना पिडित जनताबचाउन संसद बस्नेतकाे पहलमा सरकारद्वारा ९ कराेड निकासा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 17, 2021
204 shares

जेठ ३, भक्तपुर । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण दैनिक सयौंले अकालमा नै ज्यान गुमाइरहनु परेको अवस्थालाई विशेष ध्यान दिई सरकारले जिल्ला जिल्लामा विशेष रणनीतिका साथ व्यापक मात्रामा योजना अघी बढाएको छ । केन्द्र सरकारले बजेटको व्यवस्थापन गरी कोरोना संक्रमणको विरामीको लागि अक्सिजन, आइसीयु, भेन्टीलेटर लगायतका महत्वपूर्ण सामग्रीहरुको व्यवस्थापन गर्नमा जोड दिईरहेकाे छ।

 

अर्थमन्त्रीमा विष्णु पौडेल पुनः नियुक्त भएसँगै जनताको बाच्न पाउने अधिकारलाई शुनिश्चित गर्नभन्दै बदबहालिकै दिन बजेट व्यवस्थापन गरी कोरोना पिडित जनताको लागि मात्र नभई सम्पूर्ण आम नागरिको जीवन रक्षाको लागि महत्वपूर्ण कदम चालेका छन । त्यस्तै सरकारका सम्बनधीत निकाललाई पूर्ण रुपमा कोरोना नियन्त्रणको लागि परिचालित हुुन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन समेत दिईसकेका छन्।पछिल्लो समय तीन वटै तहका सरकारको ध्यान कोरोना नियन्त्रण, अस्पतालको व्यवस्थापन, अक्सिजन, भेन्टीलेटर, आइसीयु, आइसोलेशन तथा कोरोना संक्रमितको लागि अनिवार्य आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन भइरहेको छ । जसको नेतृत्व तीनै तहका जनप्रतिनिधि तथा सम्बन्धीत निकायले गरिरहेका छन् ।

 

यसै सिलसिलामा नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा अर्थमन्त्री पौडेलले भक्तपुरमा कोरोना संक्रमणको अवस्था भयाभह हुन नदिन ९ करोड बजेटको व्यवस्थापनगरिदिएका छन् । यो सँगै अब भक्तपुमा कोरोना संक्रमितको उपचार, अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक निर्माण हुने भएका छन् ।कोरोना महामारिबाट नागरिक बचाउन तथा सरल र सहज उपचारको लागि सांसद बस्नेतको पहलमा अर्थमन्त्रालयबाट रु ८ करोड ९२ लाख बजेट व्यवस्थापन भएको छ ।

 

उक्त बजेट मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र भक्तपुर अस्पतालको माग बमोजिम माग बमोजिम व्यवस्थापन गरिएको हो । जनतालाई महामारीबाट बचाउनका लागि भक्तपुर अस्पताल, नेपाल कोरिया अस्पताल र नवनिर्मित सूर्यविनायक नगरपालिका अस्पतालमा भेन्टिलेटर, एचडीयु, अक्सिजन प्लान्ट र अक्सिजन टयांक निमार्ण गर्न रु ८ करोड ९२ लाख बजेट स्विकृत भएको सांसद बस्नेतले जानकारी दिए । उक्त बजेटबाट नवनिर्मित सूर्यविनायक नगरपालिका कोरोना अस्पताललाई १३ बेडको एचडीयु वार्ड समेत बनाईने सांसद बस्नेतले जानकारी दिए । उक्त अस्पताल निर्माण सम्पन्न भएसँगै भक्तपुरका जनताले अस्पताल, अक्सिजन, आइसीयु, भेन्टीलेटरलगायतको खोजीमा भौंतारिनुपर्ने अवस्थालाई न्युनिकरण हुने भएको छ ।

 

उन ले भने , ‘अर्थमन्त्री विष्णु पौडेल, सचिव शिशिर ढुङ्गाना, स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठी र सचिव लक्षमण अर्यालसँग बैठक बसि मध्यपुर थिमी नगर पालिका, सुर्यबिनायक नगरपालिका र भक्तपुर अस्पतालको माग बमोजिम माग गरेको बजेट विनियोजन गरिदिनु भएकोमा नेपाल सरकारलाई धेरै धेरै धन्यवाद छ । जनतालाई महामारीबाट बचाउनका लागि भक्तपुर अस्पताल, नेपाल कोरिया अस्पताल र नब निर्मित सूर्यविनायक नगरपालिका अस्पतालमा भेन्टिलेटर, एचडीयु, अक्सिजन प्लान्ट र अक्सिजन टयांक निमार्ण गर्न रु ८ करोड ९२ लाख बजेट स्विकृत भएको छ ।’

 

त्यस्तै सांसद बस्नेतले प्रत्येक दिन भक्तपुर जिल्ला तथा काठमाडौँ उपत्यका भित्रका सयौं कोरोना भाइरसबाट संक्रमित विरामीहरुको उपचारमा रात दिन नभनी आफ्नो ज्यान र घर(परिवारको समेत प्रवाह नगरी जिल्लाकै अब्बल र उत्कृष्ट हस्पिटलको रुपमा काम गरी रहेको भक्तपुर अस्पतालमा संक्रमितहरुको अत्याधिक चापका कारण रहेको अक्सिजन अभावलाई कसरी सरल र सहज ढंगले आपूर्ति गर्न सकिन्छ भन्ने सम्बन्धमा समेत छलफल गर्नुभएको छ । छलफलमा सांसद बस्नेतसहित प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विश्व स्वास्थ्य संगठन नेपालको प्रतिनिधि र अस्पतालको मेडिकल सुपरिटेण्डेन सुमित्रा गौतम सहित छलफल गर्नुको साथै भक्तपुर अस्पतालको समेत आइतवार निरीक्षण गरेका थिए ।

निरिक्षणपछि सांसद बस्नेतले कोरोनाको विरामीको उपचारको लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । स्वास्थ्य सामाग्रीको समस्या भए तत्काल जानकारी गराउन आग्रह गर्दै सांसद बस्नेतले जिल्लाका कोरोना संक्रमितको अभिभावकत्व सम्बन्धीत निकाय, कर्मचारी तथा जनप्रतिनिधि हुनुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved