जुड बेलिङ्घमले दुई गोल गर्दा नर्वेलाई धक्का, इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश,

अबुधाबी। इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलको रोमाञ्चक भिडन्तमा नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। खेलको सुरुआती चरणमा नर्वेका आन्द्रेयास स्केल्डेरुपको ३६ औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए। एक गोलले पछि परेको इङ्ल्यान्ड पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा खेलमा फर्कियो। स्टार […]

बेल्जियमलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा

अबुधाबी। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको २०२६ फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस स्टेडियममा नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे सम्पन्न खेलमा स्पेनले खेलको अन्तिम समयमा नाटकीय जित निकाल्न सफल भएको हो । खेलको ३० […]

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

अबुधाबी। स्टार स्ट्राइकर किलियन एम्बाप्पेको पेनाल्टी मिस र त्यसपछिको उत्कृष्ट पुनरागमनको मद्दतले फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको जिलेट स्टेडियममा सम्पन्न रोमाञ्चक क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा सुरक्षित गरेको हो । खेलको पहिलो हाफमा फ्रान्सले सुरुवाती अग्रता लिने सुनौलो अवसर गुमाएको थियो […]

अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश! 

अबुधाबी। फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। इजिप्टले खेलको १५औँ मिनेटमा यासेर इब्राहिम र ६७औँ मिनेटमा मोस्तफा जिकोको गोलमा २–० को अग्रता बनाएको थियो। तर त्यसपछि अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्‍यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरो, ८३औँ मिनेटमा कप्तान लियोनेल मेसी र […]

इङ्ल्यान्डद्वारा मेक्सिको ३–२ ले पराजित, इङ्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश

अबुधाबी। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले सह–आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। इङ्ल्यान्डका लागि जुड बेलिङ्घमले ३६औँ र ३८औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाए। त्यसपछि ह्यारी केनले ६०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्यान्डको अग्रता ३–१ बनाए। मेक्सिकोका लागि जुलियन क्विन्योनेसले ४२औँ […]

ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ । फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। यो जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो। न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्ड नायक बने। उनले खेलको अन्तिम चरणमा लगातार दुई गोल गर्दै ब्राजिललाई […]

अष्ट्रेलिया सातौँ पटक महिला टी–२० विश्वकप च्याम्पियन

काठमाडौँ । लर्ड्स क्रिकेट मैदानमा हिजो सम्पन्न महिला टी–२० विश्वकपको फाइनलमा घरेलु टोली इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सातौँ पटक विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले एकपक्षीय प्रदर्शन गर्दै लक्ष्य सहज रूपमा पूरा गर्दै पुनः विश्व क्रिकेटमा आफ्नो प्रभुत्व कायम राखेको हो। इङ्ल्यान्डले दिएको १ सय ५१ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर १ बलमै ३ […]

हालान्डको दुई गोलमा नर्वेद्वारा ब्राजिल २–१ ले पराजित, नर्वे क्वाटरफाइनलमा प्रवेश

अबुधाबी। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक प्रतिस्पर्धामा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्ड नायक बने। उनले खेलको ७९औँ र ९०औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। खेलको इन्जुरी समयको ९०+१०औँ मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो, […]

अर्जेन्टिनाको संघर्षपूर्ण जित, केप भर्डेको ऐतिहासिक यात्रा समाप्त

अबुधाबी। फिफा विश्वकप २०२६ अन्तर्गत भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ बाट क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अर्जेन्टिनाका लागि २९औँ मिनेटमा लियोनेल मेसीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५९औँ मिनेटमा डेरोय डुआर्टेले केप भर्डेका लागि बराबरी गोल फर्काए र निर्धारित ९० मिनेटसम्म खेल १–१ को बराबरीमा सकिएपछि […]

क्रोएसियालाई स्तब्ध पार्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश!

अबुधाबी। पोर्चुगलले कडा प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ बाट क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेका थिए। क्रोएसियाका लागि ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा परेको पोर्चुगलका लागि ६८औँ मिनेटमा प्राप्त पेनाल्टी […]