अबुधाबी। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक प्रतिस्पर्धामा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्ड नायक बने। उनले खेलको ७९औँ र ९०औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

खेलको इन्जुरी समयको ९०+१०औँ मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो, जसलाई नेयमारले सफलतापूर्वक गोलमा परिणत गरे। तर त्यो गोल ब्राजिललाई पुनरागमन गराउन पर्याप्त भएन।
ब्राजिलले पहिलो हाफमै पेनाल्टीको अवसर पाए पनि ब्रुनो गिमारेस त्यसलाई गोलमा परिणत गर्न असफल भए।

जितसँगै नर्वे विश्वकप २०२६ को क्वाटरफाइनलमा पुगेको छ भने ब्राजिलको विश्वकप यात्रा अन्त्य भएको छ।


















