अबुधाबी। इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलको रोमाञ्चक भिडन्तमा नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
खेलको सुरुआती चरणमा नर्वेका आन्द्रेयास स्केल्डेरुपको ३६ औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए। एक गोलले पछि परेको इङ्ल्यान्ड पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा खेलमा फर्कियो। स्टार मिडफिल्डर जुड बेलिङ्घमले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुङ्गियो र खेल अतिरिक्त समयमा प्रवेश गर्यो।
अतिरिक्त समय सुरु भएको तीन मिनेटमै, खेलको ९३औँ मिनेटमा, बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई २–१ को निर्णायक अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा बेलिङ्घमकै गोल विजयी साबित भयो। अन्तत नर्वेलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।









