सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् । […]
बृद्धभत्ता मासिक ४००० पुग्याे

काठमाडौं : सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ४ हजार पुर्याइएको घोषणा गर्नुभयो । त्यसका लागि एक खर्ब रुपैयाँ छुट्याइएको छ ।
कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड

सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् । पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।
राष्ट्रपतिले लगाइन् सवा १६ खर्बको बजेटमा लालमोहर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सवा १६ खर्बको बजेटमा लालमोहर लगाएकी छिन् । राष्ट्रपतिले केही समय अघि अध्यादेशमार्फत ल्याउन लागिएको बजेटमा लालमोहर लगाएकी हुन् । मन्त्री रिषदले आगामी आर्थिक वर्षको बजेट पारित गरेपछि राष्ट्रपतिले बजेटमा लालमोहर लगाएकी हुन् । अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट आज ४ बजे सार्वजनिक गर्दैछन् । सरकारले आगामी […]
मन्त्रिपरिषदबाट बजेट स्वीकृत, प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौ – मन्त्रिपरिषदले बजेट स्वीकृत, प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठायो काठमाण्डाै । आज घोषणा हुन थालेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । चौतर्फी […]
आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै – के समेटिएला त मजदुरको माग ?

आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै काठमाडौं । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै छ । जेठ १५ गते बजेट ल्याउने संवैधानिक मान्यता अनुसार आज बजेट आउन लागेको हो । संसद नभएकोले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन लागेको छ । स्रोतका अनुसार अर्थमन्त्रालयले […]
एनआईसी बैंकको स्वामित्वका यी कम्पनीको संस्थापक शेयर लिलामीमा

काठमाडौं, १३ जेठ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर आज (बिहीबार) देखि लिलामीमा आएको हो । महुली लघुवित्तको ५६ हजार २७० सस्थापक शेयर प्रतिकित्ता शेयरमुल्य ८ सय रुपैयाँ निर्धारण गरेर लिलामी विक्रिमा राखिएको हो । कम्पनीको शेयर खरिदको लागि न्युनतम ५ सय कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । […]
एकै चरणमा चुनाबगर्न निर्बाचन आयोगको सुझाब

काठमाडौ । निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार भएको छलफलमा व्यवस्थापन सहजताका लागि एकै चरणमा निर्वाचन गर्न सुझाइएको हो । निर्वाचन मिति […]
मा : विशाल भट्टराईको पहलमा खोटाङमा अक्सिजन प्लान्ट स्थापना हुने

चिरञ्जिवि रिजाल -जेठ ७,खोटाङ। सांसद विशाल भट्टराईको पहलमा खोटाङमा अब अक्सिजन प्लान्ट स्थापना हुने पक्का भएको छ । जिल्लाका संघिय सांसद तथा नेकपाका संसदिय दलका मुख्य सचेतक विशाल भट्टराईको पहलमा ७५ लाख रुपैँया अर्थमन्त्रालयबाट प्राप्त हुने भएपछि अक्सिजन प्लान्ट निर्माण हुने पक्का भएको हो । सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्दै सांसद भट्टराईले भने कोभिड–१९ ले […]
प्रधानमन्त्रीले विश्वासकाे मत नलिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत नलिने र संविधनको धारा ७६ को उपाधारा (५) अनुसार सरकार अगाडि बढने बताएका हुन् । वैशाख ३० गते बहुमतको सरकारका लागि विपक्षी गठबन्धनको दाबी नपरेपछि संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले एक […]
