Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालू आब ०७८/७९ को लागि बजेट प्रस्तुत गर्याे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 24, 2021
195 shares

शन्तोष पौडेल
दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालू आब ०७८÷७९ को लागि बजेट प्रस्तुत गरेको छ । बीहिबार नगरपालिकाको हलमा गरिएको नगरसभामा शिक्षा, पूर्वाधार,स्वास्थ्य र आर्थिक बिकासलाई प्राथमिकता दिदै ८५ करोड ८ लाख ६२ हजार बजेट प्रस्तुत गरिएको हो । नगरपालिकाले आन्तरिक आर्यतर्फ १ करोड ५ लाख बजेट अनुमान गरेको छ ।

यस्तै, संघिय सरकार राजस्व बाँडफाँडबाट प्राप्त हुनेमा ११ करोड १५ लाख ६७ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट २ करोड २१ लाख ५५ हजार रहने अनुमान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो ।
नगरप्रमुख रिजालले संघिय सरकारबाट प्राप्त हुने अनुदान तर्फ वित्तीय समानिकरण अनुदानतर्फ बाट १५ करोड ३४ लाख, समपुरक अनुदान तर्फबाट २ करोड ३९ लाख, विषेश अनुदान ३ करोड ३२ लाख र सशर्त अनुदानतर्फबाट ४५ करोड ५१ लाख गरि जम्मा रकम ६६ करोड ५६ लाख बजेट प्रस्तुत गर्नु भएको छ ।

यस्तै, प्रदेशसरकारबाट वित्तीय समानिकरण अनुदान ९९ लाख ४८ हजार,समपूरक अनुदान १ करोड ,सशर्त अनुदान २ करोड २० लाख ९२ हजार गरि जम्मा ४ करोड १० लाख ४० हजार रकम प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिकाले संघीय सशर्त कार्यक्रमतर्फको ३९ करोड ५२ लाख र संघिय सशर्त अन्र्तगतकै पुँजिगत कार्यक्रम तर्फ ५ करोड ९९ लाख रकम विनियोजन गरेको छ ।

संघिय विशेष अनुदानबाट संचालित आयोजनाहरुका लागि ३ करोड ३२ लाख,संघिय समपुरकबाट संचालित आयोजनाहरुका लागि २ करोड ३९ लाख र प्रदेश समपुरकबाट संचालित आयोजनाहरुका लागि १ करोड प्रदेश सशर्त कार्यक्रम तर्फ २ करोड २० लाख ९२ हजार संघिय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधीन र निर्माण हुने नयाँ आयोजनाका लागि १ करोड ९२ लाख बजेट बिनियोजन गरेको छ ।

यस्तै,वडागत पुँजिगत योजनाका लागि ४ करोड ५ लाख क्रमागत ठुला आयोजनाहरु संचालनका लागि २ करोड ७४ लाख ४६ हजार कार्यालयतर्फ प्रशासनिक खर्च १२ करोड ३५ लाख ३८ हजार र कार्यक्रम संचालन खर्च १ करोड ५५ लाख र वडागत चालू खर्च तर्फ १ करोड २३ लाख रकम विनियोजन भएको छ ।

सामाजिक विनियोजन तर्फ ःसामाजिक विकास
शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याई शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा क्षेत्रमा ३० करोड ४३ करोड, विशेष अनुदान अन्तर्गत ४ कोठे विद्यालय भवन निर्माण गर्नका र स्थानीय मातृभाषा पठन–पठानका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ । त्यस्तै, स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याई स्वास्थ्य सेवाको स्तर उन्नति गर्ने कार्यको लागि स्वास्थ्य तथा पोषण क्षेत्रमा ६ करोड २६ लाख बजेट बिनियोजन गरिएको नगरप्रमुख रिजालले बताउनुभयो ।

महिला किशोरी र बालबालिकामा हुने कुपोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमलाई पनि निरन्तरता दिन आवश्यक बजेट बिनियोजन गरिएको बताइएको छ भने,महिलाहरुलाई आर्थिक– सामाजिक राजनीतिक र सामाजिक रुपमा सबल सक्षम बनाउनका लागि उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट बिनियोजन गरिनुका साथै दलित अपांग,सिमान्तकृत वर्ग आदिको समावेशी विकास तथा सचेतना लगायतका कार्यक्रमका लागि आवश्यक वजेट बिनियोजन गरिएको आवको वार्षिक बजेट तथा कार्यक्रममा सार्वजनिक गरिएको छ ।

जेष्ठ नागरिक,अपाङ्गता एकल महिला र दलित बालवालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न संघिय अनुदान अन्तरगत आवश्यक बजेट बिनियोजन गरिएको जनाइएको छ । त्यस्तै,सम्पुर्ण सामाजिक विकास क्षेत्रका लागि ४० करोड ७६ लाख ३५ हजार रकम रहने अनुमान गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । उसोत वडास्तरबाट छनोट भएका योजनाहरु संचालन गर्नका वडास्तरीय सामाजिक विकास तर्फ १ करोड ४१ लाख ५० हजार रकम बिनियोजन भएको छ ।

पुर्वाधार विकास अन्र्तगत
विगत र चालु आर्थिक आवमा शुरु भएका आयोजनाहरु आगामी आवमा सम्पन्न गर्न तथा निरन्तरता दिनको लागि २ करोड ७४ लाख,प्रदेश सरकारको साझेदारीमा नगरपालिकाको वडा –१४ वुइपामा बन्न लागेको विश्वको सबैभन्दा ठूलो र अग्लो यलम्बरको मुर्ति निर्माण कार्यलाई अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरिएको छ ।

पर्यटन मन्त्रालय तथा प्रदेश सरकारसँगको साझेदारीमा दिक्तेलस्थित रत्नपार्कमा सपिङ कम्प्लेक्स निर्माण कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको छ भने वडा –६ नेर्पामा साकेला पार्क निर्माण गर्नका लागि प्रदेश सरकारको समपुरक अनुदान समेत समावेश गरि बजेट विनियोजन गरिएको र दिक्तेल बजार भित्रको सडक विस्तार लागि घर जग्गा अधिग्रहण गर्न आवश्य बजेट विनियोजन गरिएको नगरसभामा बताइएको छ ।

सम्पुर्ण पुर्वाधार विकास क्षेत्रका लागि १४ करोड ५४ लाख ६४ हजार रहने अनुमान गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । त्यस्तै,वडास्तरबाटै छनोट भएका योजनाहरु संचालनका लागि वडास्तरीय पुर्वाधार विकास तर्फ १ करोड २१ लाख ७५ हजार रकम विनियोजन गरिएको छ ।

आर्थिक विकासतर्फ
पशुविकास कार्यक्रम अन्र्तगत ८० लाख, कृषि पकेट तथा पशुपकेट क्षेत्रलाई निरन्तरता दिइ ३७ लाख,सुरक्षित आप्रवासन परियोजना अन्तर्गत रोजगार प्रवर्द्धन गर्न ६५ लाख ,लघु उद्यम विकास तर्फ ३० लाख,सम्पुर्ण आर्थिक विकास क्षेत्रका लागि ७ करोड १९ लाख २० हजार रकम रहने अनुमान गरिएको बताइएको छ ।

वडास्तरीय छनोट भएका योजनाहरु संचालनका लागि वडास्तरीय आर्थिक विकास तर्फ ८१ लाख बजेट विनियोजन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख विणादेवी राईले बताउनुभयो । यस्तै,खेतियोग्य जमिनमा बाह्रै महिना सिंचाइ पुर्याउने उद्देश्यका साथ साना सिंचाई आयोजनाहरुलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जनाइएको छ ।

वन वातावरण,विपद व्यावस्थापन तथा सरसफाई तर्फ
नगरलाई आर्गनिक नगर बनाउने उद्देश्यअनुसार वडा–२ सोल्मामा उत्पादन थालिएको कम्पोस्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रलाई व्यावस्थापन गर्नका लागि र विपद व्यावस्थापनलागि आवश्यक बजेट विनियोजन गरिएको बताइएको छ ।

नविकरणीय उर्जा प्रविधी अन्तरगत लघु तथा साना जलविद्युत ,सौर्य उर्जा ,वायोग्यास उर्जाको उत्पादन गर्न र प्रयोग गर्न ८ लाख रहेको छ भने वडास्तरीय छनोट भएका योजनाहरु संचालनका लागि वडास्तरीय वन,वातावरण,विपद व्यावस्थापन तथा सरसफाई तर्फ आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।

संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ
नगर प्रहरीको दरबन्दी सिर्जना सेवा सुविधाका लागि आवश्यक बजेट विनियोजन गरिएको बताइएको छ । नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय,स्वास्थ्य संस्थाहरुको संस्थागत तथा प्रशासनिक सुधारका लागि ६४ लाख ६५ हजार विनियोजन गरिएको जनाइएको छ ।

यस्तै,वडास्तरीय छनोट भएका योजनाहरु संचालनका लागि संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ पनि आवश्य बजेट विनियोजन गरिएको प्रमुख रिजालले बताउनुभयो । प्रस्तावित बजेटमा असार २६ गतेसम्म छलफल हुनेछ । हलेसि खबर बाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved