उपराष्ट्रपतिका लागि चारजनाकै उम्मेदवारी यथावत

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ । उपराष्ट्रपति उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँच–बुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको आइतबार अन्तिम नामावली प्रकाशन गरेको हो । अन्तिम नामावलीमा मनोनयन दर्ता गराएका चारै जनाको नाम उल्लेख छ । जसमा अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव रहेका छन् । चैत ३ […]

पाँचथर बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध भएका छन् । निर्वाचन तालिकाअनुसार शनिबार भएको मनोनयन प्रक्रियामा कुनै पनि पदमा एकभन्दा धेरैको उम्मेदवारी नपरेकाले सबै निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी मुना नेपाली, उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका उमेश सुवेदी, सचिवमा अखिल (क्रान्तिकारी)का प्रवेश राई, सहसचिवमा नेकपा एस […]

खोटाङमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल विभाजित

खोटाङमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल विभाजित भएको छ। खोटाङको त्रिधार्मिकस्थल हलेसीमा शुक्रबार सम्पन्न युवा संघ नेपालको छैटौँ जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर समिति गठन भएको छ। युवा संघका उपमहासचिव रमेश तिवारी अध्यक्ष रहेको अध्यक्ष मण्डलबाट रोशनको अध्यक्षतामा युवा संघको ५९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सार्वजनिक भए […]

ओलीलाई मेटमणिको कटाक्षः ‘फुटाऊ र राज गर’को बाटो त्याग्ने कि !

काठमाडौं । एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीलाई घुमाउरो शैलीमा कटाक्ष गरेका छन् । राष्ट्रपति निर्वाचनमा नौ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल भारी मत सहित विजय भएपछि उनले सामाजिक संजालमा लेखेका छन्, ‘अझै पनि राजनीतिमा ढाँटको खेति गर्ने, झुक्याएर अघि बढ्ने, विभाजन गर्ने र अरुको अपमान गरेर रमाइलो मान्ने […]

केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बस्नेछ। बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ । सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।

राष्ट्रपतिकाे निर्वाचन पछि राजनिति स्थिरतातर्फ जानेछ: नेतृ झाँक्री

काठमाडौं । पूर्वशहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थिरताबाट स्थिततातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हिजाे बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दै गर्दा राजनीतिमा स्थायित्व प्राप्त हुने बताएकी हुन् । […]

प्रचण्डविरुद्धकाे रिट दायर इमाेसन्ल ब्याकमेल हाे: मेटमणि चाैधरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिट इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले  राष्ट्रपतिको चुनाव अघि गरिएको प्रोक्सि वार भएको बताएका छन् । तत्कालीन सरकार र संयुक्त राष्ट्र संघको रोहबरमा टुंगोमा लगाएको विषयमा अनावश्यक […]

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोक लगाएकोदेखि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा समेत छलफल हुने एमालेका एक नेताले […]

ओलिद्वारा माधवकाे एकीकृत समाजवादीलाई पार्टि स्विकार

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ । एमालेद्वारा नेकपा  एकीकृत समाजवादी औपचारिक रुपमा पार्टी  स्वीकार गरी पत्रै पठाएकाे भने  पहिलो पटक हाे । एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिए लगतै एमालेले एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको हो । राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको […]

राष्ट्रपति निर्वाचनका लागि आज मनाेनयन दर्ता गरिँने

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ ।मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि निर्वाचन गर्न लागिएको हो […]