राजाकाे सकृयता बढेपछि प्रचण्डकाे नेतृत्वमा गणतन्त्रवादीहरु पनि प्रदर्शनकाे तयारीमा

काठमाडौँ । काठमाडौँमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी भएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादी नेता हिमाल शर्माले बताए । प्रदर्शनको समय भने तय भएको छैन । चैत पहिलो साताभित्र काठमाडौँमा प्रदर्शन गर्ने तयारी रहेको नेताहरू बताउँछन् ।राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू ‘तराई-मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका छन् । […]
राज्यबाट सधैँ मधेसी महिला उपेक्षामा पर्ने गरे

काठमाडौँ । राज्यबाट सधैँ मधेसी महिला उपेक्षामा पर्ने गरेका तराई मधेसबाट प्रतिनिधित्व गर्ने महिला सांसद तथा त्यस क्षेत्रका महिलाले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार मधेसी पत्रकार समाज तथा मधेसी एसोसिएसन इन अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् । नेकपा (एमाले) की सांसद जुली महतोले मधेसी महिला […]
नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न

काठमाडौ। नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न भएको छ। पार्टीको केन्द्रिय कार्यालय बिजुलीबजार (बरमहलमा) दिउँसो ११ बजे देखि सुरु भएको थियो पार्टीको अध्यक्ष माेहम्मद रिजवान अन्सारी को सभापतित्वमा बसेको बैठकमा प्रदेश २ को सांसद तथा पूर्व सूचना,संचार तथा गृह मन्त्री विमला अन्सारी ज्यू को उपस्थिति थियो ,पार्टीको महासचिव अनन्त क्रान्ति उपाध्यक्ष सीमा खान […]
नागरिकले पहिचानमाग्दा गाेलि ठाेकेर सरकारले कायरता प्रस्तुत गर्याे : पूर्व राज्यमन्त्री अन्सारी

काठमाडौं । काठमाडौँकाे माइतीघर मण्डलामा मुकुमलुङ रक्षार्थ बृहत् जनप्रदर्शन कार्यक्रममा को नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सम्बाेधन गरेका छन्। सम्बाेधनकाे क्रममा यो आन्दोलन लिम्बुहरूको आन्दोलन मात्रै नभएको यो सम्पूर्ण नेपालको उत्पीडित जनता आदिवासी जनजाति ,मधेसी ,मुस्लिम, दलित ,महिला र आर्थिक उत्पीडनमा परेका सम्पूर्ण नेपाली […]
उपेन्द्रकै कारण भूमिसम्बन्धी अध्यादेशबाट पछिहट्याे सरकार

काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए । सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि सम्बन्धी अध्यादेशमा सरकार पछि हटेको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि नै अन्य पाँच अध्यादेश अघि बढाउने निर्णय […]
आज राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याउने तयारीमा ओलि

काठमाडौं। सरकारले राजनीतिक दल विभाजनसम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालको सहमतिअनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसद्मा अघि बढाउने तयारी भएको हो। राजनीतिक दलसम्बन्धी विधेयकको दफा ३३ को व्यवस्था लामो समयदेखि निष्क्रिय रहँदै आएको छ। सोही दफालाई जगाउनका लागि विधेयक अघि बढाउन लागिएको स्रोतको […]
संघीय बिद्यार्थी युनियनको चौथो झापा जिल्ला अधिवेशन सम्पन्न

अबिन मेन्याङ्बाे, झापा । झापा जिल्लाको दमक स्थित पार्टी कार्यलयमा संघीय बिद्यार्थी युनियनको आज चौथो झापा जिल्ला अधिवेशन सम्पन्न भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च,संघीय लिम्बुवान प्रन्तिय मन्चको विद्यार्थी सङठन संघीय विद्यार्थी युनियन झापाको चौथो जिल्ला अधिवेशन बाट अभिषेक पौडेलज्युको अध्यक्षतामा २५ सदस्य नया झापा जिल्ला कार्य समिती गठन भएको छ। कार्यक्रम सन्चालन चेतराज गौतमले […]
जनतालाई गाेलि हानेर कस्ताे बिकास चाहेकाे हाे सरकार ? माननीय गम्बु शेर्पा

काठमाडौं । कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले पाथीभरामा निर्माणाधीन केबलकारको काम स्थगित गरेर सरोकारवालासँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्। शुक्रबार (आज) बसेको प्रदेशसभा बैठकमा भाग लिँदै सांसद शेर्पाले यस्तो बताएका हुन्। ‘केबलकारको काम स्थगित गरेर सरोकारवालासँग इमान्दारीपूर्वक वार्ता गरेर निकास निकालियोस्,’ उनले भने। सरकारले कुनै ठेक्का विशेषका लागि जबरजस्ती रूपमा मुडभेद निम्त्याउन चाहेको उनको […]
देश एमालेकरण भएका कारण नै देशको अर्थतन्त्र धराशायी बन्याे : नेता काेइराला

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेमाथि गम्भीर आरोप लगाएका छन् । कोइरालाले देश एमालेकरण भएका कारण नै देशको अर्थतन्त्र धराशायी बन्दै गएको आरोप लगाएका हुन् । ‘प्रधानमन्त्री एमाले, सभामुख एमाले, अर्थमन्त्री एमाले, राष्ट्र बैँकको गभर्नर एमाले, लगानी बोर्डको अध्यक्ष एमाले, योजना आयोगको उपाध्यक्ष एमाले, अनि आज […]
आरआर क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौँ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा हर्क बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। डोटी जिल्लाका बोहरा अहिले आरआर क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत छन् र स्ववियु निर्वाचनमा राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही भाग लिने निर्णय गरेका हुन्। हर्क बोहरा स्वतन्त्र विद्यार्थी युनियनको औचित्य, अवधारणा र […]
