प्रधानमन्त्री दाहाल मंगलबार गोरखा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने कार्यक्रम छ । यस योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको […]

याे गठबन्धन पाँच बर्ष टिक्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष नेपालले वैशाखमा विश्वासको मत लिने अवस्था आउछ कि भन्नेमा आशंका भएपनि वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जाने ठोकुवा गरे । ‘फेरि वैशाखमा विश्वासको मत लिने अवस्था आउँछ कि भन्नेमा […]

स्वबियु निर्वाचन : मत परिणाम आउन सुरु, पहिलो स्थानमा अनेरास्ववियु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम आउन थालेको छ । कम विद्यार्थी संख्या भएका क्याम्पसकोहरु नतिजा आएको हो । जसमध्ये अहिलेसम्म ३५ क्याम्पसको मतगणना सकिएको छ । आइतबार बिहान ८ बजेदेखि देशभरका क्याम्पसहरुमा मतदान सुरु भएको थियो । अधिकांश क्याम्पसहरुमा दिउँसो साढे ३ बजे […]

गृह मन्त्रालयमा तिनदलकाे दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचन सकिए लगत्तै विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्दै गर्दा सत्ता साझेदारी दलहरुबीच मन्त्रालय भागबन्डाबारे भने अझै सहमति जुटेको छैन । कसले कुन मन्त्रालय लिने […]

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल

काठमाडौं । एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनीत भएका छन् । पार्टी सचिवालय बैठकले आइतबार भुसाललाई महासचिवमा नियुक्त गरेको हो । यसैगरी पार्टीले हालसम्म महासचिव रहेका वेदुराम भुसाललाई उपाध्यक्षमा मनोनीत गरेको छ । आमनिर्वाचनअघि एमाले छाडेका भुसाल गत फागुनमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

रास्वपाले ‘प्रचण्ड’लाई विश्वासको मत दिने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । आइतबार बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको पार्टी सचेतक सन्तोष परियारले बताए ।

विराटनगरमा तोडियो निषेधाज्ञा, प्रदर्शनकारी र प्रहरीबीच झडप

विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ । कोशी प्रदेशको नाम फेरि नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।   त्यसक्रममा प्रहरीले केही सेल अश्रु […]

सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियुको निर्वाचन अनिश्चित

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ । विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी सगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताए । रजिष्ट्रार पाठकका अनुसार केन्द्रीय क्याम्पस, कैलालीको […]

खतिवडाले एमाले छोड्दा ३९ वर्षिए बर्तौलाले अवसर पाए

काठमाडौं । ३९ वर्षीय महेश बर्तौला संघीय संसदमा नयाँ अनुहार हुन्, उनी आइतवार नेकपा एमालेको सचेतकमा चयन भएका छन् । ‘नयाँ भएर पनि छोटो समयमै परिपक्व व्यवहार देखाएका कारण’ बर्तौलालाई सचेतकको जिम्मेवारी दिइएको एमाले नेताहरु बताउँछन् । उपाध्यक्ष सुवास नेम्वाङ भन्छन, ‘पार्टीले एउटा सोच बनाएर उहाँलाई संसदीय दलमा जिम्मेवारी दिएको हो ।’ प्रतिनिधि सभा चुनावमा […]

एमाले प्रमुख सचेतकमा गिरी,सचेतकमा वर्तौला नियुक्त

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा पदम गिरीलाई मनोनीत गरेका छन् । एमालेले निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो । एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गिरीलाई आइतबार प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिएका हुन् ।पर्वतबाट निर्वाचित गिरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री […]