उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक : पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था आइसकेको बताएका छन् । रौतहट जिल्लाको कनकपुरमा क्षेत्र नं. ३ को क्षेत्रीय भेलामा सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपाली जनताले कांग्रेस र एमालेहरूको शासन ५० वर्षदेखि भोग्दै आएको र ५० वर्षमा यिनीहरूको शासनमा मुलुकले […]

सांसदकाे शाहकाे प्रस्काे जवाफ दिएन प्रधानमन्त्री ओलिले , के थियाे तेस्ताे प्रस्न?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अपमान गरेको टिप्पणी गरेका छन्। आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै साहले आफूले चार दिन अघि नै दर्ता गरेको प्रश्नको उत्तर नदिएर प्रधानमन्त्री भागेको भन्दै प्रधानमन्त्रीले संसद्को अपमान गरेको र प्रश्नोत्तर भन्ने […]

झापाको दमकमा जसपाका नेता चाम्लिङसहित सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

by Dikendra झापा । जसपा नेपाल कोशी प्रदेशका पूर्व अध्यक्ष एवं सामाजिक अभियान्ता प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा […]

फागुन १ गते, जनयुद्ध दिवस

काठमाडौँ। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले आज केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने […]

तराई–मधेशका साना दलहरुबीच महागठबन्धन हुँदै

जनकपुरधाम । तराई–मधेशमा सक्रिय रहेका साना दलहरुबीच महागठबन्धनको तयारी तीव्ररुपमा अगाडि बढिरहेको छ । आठदलीय मधेशी मोर्चामा अटाउन नसकेका दलहरुबीच मोर्चाबन्दीको गृहकार्य सुरु भएको हो । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीको नेतृत्वमा देश र मधेशमा वैकल्पिक शक्ति निर्माण हुन लागिएको हो । नेपालका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले देश […]

जसपाले साथ नदिएपछि नैतिक संकटमा ओलि सरकार

काठमाडौं ।  राष्ट्रिय सभामा निर्णायक रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेपछि झन्डै दुईतिहाइको सरकार नैतिक संकटमा परेको छ । अध्यादेश अगाडि बढाउन संसद्का दुवै सदनबाट पारित हुनुपर्छ । सत्तापक्षले बहुमत जुटाउन नसक्दा अध्यादेश संसद्को कार्यसूचीमै चढेको छैन । जसपा नेपालको मंगलबार बसेको संसदीय दलको बैठकले सरकारले जारी गरेका ६ मध्ये भूमिसम्बन्धी केही […]

विश्व कीर्तिमानी चित्रकुमार कार्की रास्वपा उदयपुर सभापतिमा निर्वाचित

काठमाडाैं । उल्टो माेटरसाईकल यात्रा, टेनिसलगायत विभिन्न विधामा गिनिज बुक वर्ल्ड अप द रेकर्डमा नाम दर्ज गराउन सफल युवा चित्रकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे उदयपुर जिल्ला सभापतिमा निर्वाचित भएका छन् । रास्वपा कोशी प्रदेश खुल्ला सदस्यका तर्फबाट निर्वाचित चित्रकुमार कार्कीले उदयपुर जिल्ला संयोजककाे रुपमा निर्विरोध चयन भएका थिए । समाजसेवा पत्रकारिता क्षेत्र संगै मेचिमहाकालि […]

नेफिनको नेतृत्वले मुकुम्लुङ घटनाका घाइतेहरूसँग गरे भेटघाट

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को नेतृत्वले मुकुम्लुङ घटनाका घाइतेहरूसँग भेटघाट गरेको छ । नेफिनको नेतृत्वले ताप्लेजुङको पवित्र धार्मिक स्थल मुकुम्लुङ क्षेत्रमा व्यवसायी चन्द्र ढकालले जबरजस्ती केबलकार बनाउन खोज्दा मुकुम्लुङको संरक्षणमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीय जनतालाई विभत्सपूर्ण ढङ्गले गोली, लाठी, बुट र बन्दुक प्रहार गरी घाइते बनाएको थियो । प्रहरी र गृह प्रशासनको उक्त […]

सरकारले शैक्षिक मुलधारमा मदरसा शिक्षालाई पनि समावेश गर्नु पर्छ: नगर प्रमुख शाह

काठमाडौं । कपिलवस्तु कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले मदरसा शिक्षालाई नेपाल सरकारको शैक्षिक मूलधारमा समावेश गर्दै आधुनिक शिक्षासँग जोड्नुपर्ने बताएका छन् । नगरपालिकाको वडा नं. ३ मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगर रहमानको वार्षिकोत्सवको अवसरमा उनले मदरसामा अध्ययन गरेका विद्यार्थीहरूलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, महाराजगंजका […]

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको चाैथाे अधिवेशन सम्पन्न, लक्ष्मण दर्नालकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन

काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल निर्विरोध चयन भएका छन् । प्रतिष्ठान प्रदेशको बिहीबार काठमाडौंको सम्वाद डबलीमा सम्पन्न चौथो अधिवेशनले दर्नालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । दर्नाल करिव १५ वर्षदेखि गोरखापत्र दैनीकमा कार्यरत रहेका छन् । दर्नाल यस अघि प्रेस सेन्टर नेपालको पदाधिकारी सरहको हैसियत रहेको नीति तथा परामर्श […]