Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वबियु निर्वाचन : मत परिणाम आउन सुरु, पहिलो स्थानमा अनेरास्ववियु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 20, 2023
12 shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम आउन थालेको छ । कम विद्यार्थी संख्या भएका क्याम्पसकोहरु नतिजा आएको हो । जसमध्ये अहिलेसम्म ३५ क्याम्पसको मतगणना सकिएको छ ।

आइतबार बिहान ८ बजेदेखि देशभरका क्याम्पसहरुमा मतदान सुरु भएको थियो । अधिकांश क्याम्पसहरुमा दिउँसो साढे ३ बजे मतदान सकिएको थियो । मतदान सकिएसँगै अहिले अधिकांश क्याम्पसहरुमा मतगणना जारी छ ।

अहिलेसम्म परिणाम आएको अनुसार नेकपा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । अहिले साँझ साढे ६ बजेसम्ममा अनेरास्ववियु २० वटा क्याम्पसमा सभापति जितेर अग्रता लिएको हो ।

यस्तै, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले यो समाचार तयार पारिरहँदासम्म ७ वटा क्याम्पसमा सभापति जितेको छ । यस्तै, नेपाली कांग्रेसनिकट नेविसंघले ३ र नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले ३ वटा क्याम्पसमा सभापति जितेको । विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

ताजा परिणामअनुसार एमालेनिकट अनेरास्ववियुले जिरी क्याम्पस दोलखा, ज्योती खड्का, सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा, श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी, साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का, मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोकमा पवन लामिछाने सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै, जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने, खप्तड बहुमुखी क्याम्पस डोटीमा श्याम विक, कृष्ण स्नातक क्याम्पस दार्चुलामा हेमन्ती जोशी, नवप्रभात क्याम्पस बैतडीा रेखा घटाल, थलारा वहुमुखी क्याम्पस बझाङमा महेश जेठारा, मंगला शिक्षा क्याम्पस म्याग्दीमा भिममाया रोका मगर र हजारी जनक क्याम्पस धनुषामा सुवास झा एमालेनिकट अनेरास्ववियुबाट सभापति निर्वाचित भएका छन् ।

यस्तै, अनेरास्ववियुकै सभापति निर्वाचित क्याम्पसहरुमा सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी, रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु, ज्ञानोदय वहुमुखी क्याम्पस बाँके, विनय यादव, अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल, शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली, रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी, माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी र गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी रहेका छन् ।

यस्तै, माओवादीनिटक अखिल क्रान्तिकारीले अहिलेसम्म सात वटा क्याम्पसमा सभापति जितेको छ ।
जसमा रामपुर क्याम्पस कन्चनपुरमा सरस्वती तिरुवा, चन्द्रोदय क्याम्पस धादिङमा सजित सुवेदी, जयबागेश्वरी क्याम्पस धादिङमा नवराज त्रिपाठी, प्रताप स्मृति क्याम्पस दोलखामा रुपेश अर्याल, मोहन्याल क्याम्पस कैलालीमा अर्जुन खत्री, मच्छिन्द्र क्याम्प्स धादिङमा अनिल उप्रेती र सेटिगाउँ क्याम्पस वैतडीमा मोहन वोहोरा निर्वाचित भएका छन् ।

नेविसंघले जनता क्याम्पस रुपन्देहीमा लिलाधर घिमिरे, गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा सतिश रेग्मी र त्रिपुरा क्याम्पस नाम्दु दोलखामा सरोज थापा सभापति निर्वाचित भएका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीनिटक अनेरास्ववियूले तीन वटा क्याम्पसमा सभापति जितेको छ । जसमा वंशगोपाल क्याम्पस मकवानपुरमा दिवस सिलवाल, मनहरी वहुमुखी क्याम्पस मकवानपुरमा कुमार घिसिङ र तेज निरला क्याम्पस मुस्ताङमा अमिशा तिलिजा निर्वाचित भएका छन् ।

अखिल क्रान्तिकारी (विप्लव)निकटले जनता क्याम्पस मकवानपुरा मुना गोली सभापतिमा निर्वाचित भएका छन् ।
यसअघि त्रिविका १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् । कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ भने बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved