भारतमाथि आक्रमण गरे संसारलाई जानकारी गराउछाैँ : पाकिस्तानी रक्षामन्त्रालय

काठमाडौं । भारत अधीनस्थ काश्मीरको जम्मुमा बिहीबार विस्फोट हुनुका साथै साइरन बजेपछि दुवै पक्षले एकले अर्कोलाई आरोप लगाउने काम गरेका छन्। भारतीय सेनाले पाकिस्तानले जम्मु र पन्जाबको सैन्य आधार शिविरमा लक्षित गर्दै मिसाइल प्रहार गरेको आरोप लगाएको छ। पाकिस्तानले यसलाई अस्वीकार गरेको छ। पाकिस्तानले आफूहरूले आक्रमण गरेमा यसको बारे संसारलाई जानकारी दिने बताएको छ। पाकिस्तानी […]

समुदायका लागि एकलै संघर्ष गरेका ती डा. गाेपाल गुरुङ

डाक्टर गोपाल गुरुङ (१९४०–२०१६) एक प्रखर पहिचानवादी नेता, लेखक, पत्रकार र मानवअधिकारकर्मी थिए। उनले नेपालको आदिवासी जनजाति, विशेष गरी गुरुङ लगायतका समुदायहरूको हक, अधिकार र पहिचानका लागि लामो समयसम्म आवाज उठाउँदै आए। उनी “जनजातीय आन्दोलन” का प्रारम्भिक अगुवामध्ये एक मानिन्छन्। यहाँ डाक्टर गोपाल गुरुङका बारेमा मुख्य जानकारीहरू प्रस्तुत गरिएको छ: बुबा भीम बहादुर गुरुङ र […]

धर्मनिरपेक्षतामाथि प्रहार भए देश कहिल्यै ननिस्किने द्वन्दमा फस्छ : सुदन किराँती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले नेपाललाई हिन्दुराष्ट्र बनाउन सजिलो नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले धर्मनिरपेक्षता संविधानको चार पिलरमध्ये एक रहेको बताए । धर्मनिरपेक्षतामाथि प्रहार भएको खण्डमा देश कहिल्यै ननिस्किने द्वन्द्वमा फस्ने दाबी गरे । ‘संविधानको चार वटा […]

सहकारी ठगीमा फरक व्यवहार : रवि जेलमा, अञ्जला धरौटीमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा राजनीतिक प्रभाव स्पष्ट देखिएको छ। रास्वपा सभापति रवि लामिछाने सहकारीसँग प्रत्यक्ष सम्बन्ध नहुँदा पनि जेलमा छन्, भने एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारीको सञ्चालक भएरसमेत १० लाख धरौटीमा छुटेकी छन्। रविमाथि चार जिल्लामा ठगी र सम्पत्ति शुद्धीकरण मुद्दा लगाइएको छ, जबकि अञ्जलालाई ‘फास्ट ट्र्याक’मार्फत धरौटीमा रिहा गरिएको छ। कानुनका […]

माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री पाैडेलबिच भेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । दुवै नेताबीच आज अध्यक्ष दाहाल निवास खुमलटारमा भेटवार्ता भएको हो। आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गर्नुभएको छ।

बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज

मकवानपुर । बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज (मंगलबार) हुँदै छ । प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट निर्माणका लागि गठित दलीय रूपमा कार्यदलले मन्त्रीहरूको समीक्षा आज गर्ने भएको हो । बिहान ८ बजे बस्ने बैठकमा मन्त्रीहरूको कार्य सम्पादन मूल्याङ्कन सहित समीक्षा गर्नेछ । मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा रहेको कार्यदलले मन्त्रीहरूको १० महिना […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने कार्यसूची रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशाषन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा […]

अयाेग्य ब्यक्तिलाई बीमा प्राधिकरण प्रमुख बनाईयाे, छानविन हुनुपर्छ : माओवादी सांसद छिरिङ डम्डुल लामा

काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको भन्दै छानबिन गर्नुपर्ने माग उठेको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले प्राधिकरणको अध्यक्षमा योग्यता नपुगेको व्यक्तिलाई नियुक्त गरेको भन्दै संसदिय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् । २०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले […]

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ बजेदेखि

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ बजेदेखि प्रारम्भ हुँदैछ। संसद् अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको हो। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार, आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यक्रम रहेको छ। बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम […]

नयाँ–पुराना सबै दलहरूले अब आफैँलाई रूपान्तरण गर्नुपर्छ : नेता शर्मा

रुकुमपश्चिम। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो बनाएको आरोप लगाएका छन्। रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले राजनीतिक दलहरू सत्ता प्राप्तिमा मात्र केन्द्रित हुँदा सुशासनका बाटा कमजोर हुँदै गएको बताएका हुन्। “सरकारमा जानेहरूले सुशासनमा काम गर्नुको सट्टा व्यक्तिगत स्वार्थमा केन्द्रित […]