भ्रष्टाचारमा मुछिएका कुशवाहा मधेश प्रदेशको पर्यटन मन्त्री पदमा सिफारिस

मेवालाल यादब, राैतहट। रौतहट जिल्लाको बौधिनाइ नगरपालिका–५ स्थित कोपवा छठ घाटमा देखिएको व्यापक अनियमितता र भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका बसन्त कुशवाहालाई मधेश प्रदेशको पर्यटन मन्त्री पदका लागि सिफारिस गरिएको छ। स्थानीय स्तरमा कोपवा छठ घाट निर्माण तथा व्यवस्थापनमा करोडौंको बजेट खर्च हुँदाहुँदै पनि अपेक्षित काम नहुँदा नागरिकहरूबाट आलोचना हुँदै आएको छ। सो परियोजनामा आर्थिक […]

पाकिस्तानबाट बलुचिस्तान अलग भएकाे घाेषणा

काठमाडौं। पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानले पाकिस्तानबाट स्वतन्त्रताको घोषणा गरेको छ। पहिल्यैदेखि महँगी, गरिबी र विदेशी ऋणको बोझमा थलिएको पाकिस्तान अहिले थप गम्भीर संकटमा छ, जसले देशलाई १९७१ यताकै सबैभन्दा ठूलो विभाजनको संघारमा ल्याइदिएको छ। बलुच नेता मिर यार बलोचले बुधबार औपचारिक रूपमा पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रता घोषणा गरेका हुन्। उनले दशकौंदेखि भइरहेको हिंसा, बलुच नागरिकहरूको […]

आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता अब ‘डेट एक्सपायर’ भइसके : माननीय निशा डाँगी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता अब ‘डेट एक्सपायर’ भइसकेको बताएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले नयाँ पुस्ताले नयाँ राजनीतिज्ञलाई देख्न चाहेको बताएकी हुन् । उनले डेट एक्सपायर नेतालाई बिदा दिनुपर्ने र जेनजी पुस्तालाई बुझ्न सक्ने नेता राजनीतिमा आउनुपर्ने बताइन् ।

पहिचानवादी मोर्चा स्थापनाको एक बर्ष पुरा

काठमाडौं । पहिचानवादी मोर्चा स्थापनाको एक बर्ष पुगेको छ । २०८१ वैशाख २७ गतेका दिन स्थापना भएको मोर्चाले हिजाे  शनिबार ललितपुर थसिखेलस्थित कार्यालयमा पहिलो बार्षिक उत्सव मनाएको हो । जसपा नेपाल लगायत विभिन्न राजनैतिक दलहरुबाट स्वतन्त्र भई पहिचान पक्षधरहरुले पहिचानवादी पार्टी निर्माणको निमित्त अन्य संगठनहरुसँग जोडिदै जाने भनी प्रोफेसर डा. महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा बनेको […]

उधारो असुली कानुन बनाउन माननीय गणेश पराजुलीको संसदलाई सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उधारो असुली कानुन बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पराजुलीले व्यापारका क्रममा उधारो दिनुपर्ने अवस्था आउने तर उठाउन जाँदा नदिएमा उठाउने कानुन नभएकाले अफ्ट्यारो पर्ने गरेको बताए । व्यापारका क्रममा उधारो बढ्दै गएर ऋणको भारमा परेर धेरै डिप्रेशनमा परेको र केहीले आत्महत्या समेत गर्ने […]

संघीय सांसदका दुबै बैठक आज पनि बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा […]

बंगलादेशमा हसिनाकाे अवामी लिग पार्टी माथि पूर्णप्रतिबन्ध

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि पूर्णप्रतिबन्ध लगाएको छ। आतंकवादविरोधी ऐन अन्तर्गत अवामी लिग र यसको नेतृत्वका विरुद्ध अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आइसीटी)को मुद्दा नसकिएसम्म साइबरस्पेस र अन्यत्र गरिने सबै गतिविधिमा प्रतिबन्ध लगाएको बंगलादेश सरकारले जारी विज्ञप्तिमा जनाइएको छ। यो निर्णय राष्ट्रिय सुरक्षाको सुनिश्चितता, जुलाई आन्दोलनका कार्यकर्ताहरूको सुरक्षा, र ट्रिब्युनलका मुद्दामा […]

शिष्टताकाे उपदेश दिने प्रधानमन्त्रीकाे अशिष्ट प्रस्तुति

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थलाई मिडियाले ‘तिमी’ सम्बोधन गरेको भनेर प्रधानमन्त्री केपी ओलीले पटक–पटक सार्वजनिक समारोहमै आलोचना गर्ने गरेका छन् । गत बुधबार मात्रै पनि गोरखापत्रको १२५औँ वार्षिकोत्सव समारोहमा सञ्चारमाध्यमलाई व्यंग्य हान्दै उनले प्रश्न गरे, ‘गोरखापत्रले राष्ट्रपतिले भन्नुभो भन्छ कि भने भन्छ, त्योचाहिँ मैले याद गर्‍या छैन । … नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे ! यो नेपाली […]

झापाका पुराना बामपंथी नेताहरुलाई एकीकृत समाजबादी झापाले गर्‍यो सम्मान

डिकेन्द्र बस्नेत, झापा ।  बैशाख-नेकपा (एकीकृत समाजबादी) झापाको १० औं जिल्ला अधिबेशनको उदघाटन समारोहमा नरेश खरेलसहित १० जना पुराना बामपंथी नेताहरु सम्मानित भएका छन् । एकीकृत समाजबादीका सम्मानित नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालले नेता खरेलसहित इन्द्रबहादुर बुढाथोकी, इन्द्रसिङ राजबंशी, जनार्दन उप्रेती, देबि बराल, पुन्यप्रसाद खरेल, गंगा ओली, ताराराज ओली, तारा रुचाल र पुन्य नेपाललाई […]

पाकिस्तानले देशमा द्वन्द्व गराईरहँदा भाजपा नेता भगतसिंह नेपालमा , के यिनलाई देशकाे भन्दा छिमेकिकाे मायाँ बढि??

काठमाडौँ । पछिल्लोपटक भारतीय नेताहरुको एकपछि अर्को भ्रमण भइरहेको छ । केही दिन अघि भारतीय खुविया संस्था (रअ) का उच्च अधिकारीले भ्रमण गरेर फर्कनासाथ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले तीनदिने भ्रमण गरेर फर्किए । चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपा नेता भगतसिंह कोश्यारी नेपाल आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनौपचारिक […]