एकीकृत समाजवादीका नेता खनाल र प्रधानमन्त्री दाहाल बिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान प्रचण्ड र खनालबीच भेटवार्ता भएको हो । समसामयिक राजनीतिक विषयका साथै संघीय सरकार र प्रदेश सरकारहरूमा पनि वाम सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विषयमा दुई नेताबीच छलफल भएको छ ।

प्रेस युनियन काेशी प्रदेशद्वारा एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक

हिमांशु राय , माेरङ। युनियन प्रदेश समितिद्वारा स्थापित रु एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक गरिएकाे छ । नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा युनियनको कोशी प्रदेश कमिटीद्वारा विराटनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर  कोइरालाले युनियन प्रदेश समितिद्वारा स्थापित रु एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक गरिएकाे थियाे। काेइरालाले […]

दुई पार्टीबीच एकिकरणकाे बिषयमा छलफल

डिकेन्द्र बस्नेत, काठमाडौं । संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन पार्टी (रिपब्लिकन) बीच पार्टी एकताका लागि बृहत् छलफल सम्पन्न भएकाे छ । काठमाडौंकाे पुरानाे बानेश्वरमा भएकाे छलफलमा संयुक्त नागरिक पार्टीकाे तर्फबाट अध्यक्ष दलमर्दन कामी, वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर कार्की, उपाध्यक्ष कलिराम पुर्जा (कमल) र महासचिव विदुर अधिकारी त्यसैगरि अर्को आमुल परिवर्तन पार्टी (रिपब्लिकन) बाट अध्यक्ष भरत […]

चार राजनितीक दलकाे सामुहिक छलफल, ख्रीष्टियन संस्थाका अगुवाहरु नै छलफलकाे नेतृत्वकर्ता

काठमाडौं । विभिन्न नामाकरणबाट निर्वाचन आयाेगमा दर्ता रहेकाे तर ख्रीष्टियन अगुवाहरुबाट सञ्चालित चार पार्टी बीच पार्टी एकता भावि रणनिति बारेमा सामुहिक छलफल भएकाे छ । छलफलमा संयुक्त नागरिक पार्टी ,आमुल परिवर्तन रिपप्लिकन पार्टी ,जनजागरण पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल नामक पार्टी बीच आज संयुक्तरूपमा छलफल भएको हाे । छलफलमा यी चार सहित अन्य पार्टीहरु […]

सुबास पुत्र सुहाङले लिए सपथ

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् । एक समारोहबीच सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै उनलाई प्रतिनिधिसभा सदस्यको […]

उपेन्द्र – अशाेक फुटमा ओलि – प्रचण्डमा खुसियाली

काठमाडौं । जनता समाजवादी पार्टीको विभाजनले अर्को गठबन्धन र सरकार बन्ने सम्भावना तत्काललाई सकिएको छ । १२ सिट रहेको जसपा फुटेपछि अब उपेन्द्र यादव पक्षले समर्थन फिर्ता लिए पनि अहिलेकै सत्ता गठबन्धनको बहुमत रहिरहने हुँदा कांग्रेसको नेतृत्वमा बन्ने सम्भावित नयाँ गठबन्धनको बहुमत नपुग्ने देखिन्छ । सरकार चलाउन बहुमत अर्थात् एक सय ३८ जना सांसद चाहिन्छ […]

शहकारी काण्डकाे बिषय छानविनमा माओवादी जस्ताेसुकै कदम चाल्न तयार: नेता पाैडेल

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सहकारी समस्या समाधानका लागी आवश्यक जुनसुकै कदम चाल्न तयार भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै माओवादी केन्द्रका सचिव एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले व्यक्ति विषेशलाई केन्द्रित गरेर नभै समग्र सहकारी पीडितको समस्या समाधान गर्ने गरी समिति बनाउन कुनै समस्या नरहेको बताउनु भयो। सहकारी पीडितका समस्या […]

जसपा जस्तै एकीकृत समाजवादी पनि फुट्काे अन्तिममा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजनको तरङ्ग माधवन नेपाल अधयक्ष रहेको नेकपा एकीकृत समाजवादीमा समेत देखिएको छ । जसपा विभाजनले नेकपा एकीकृत समाजवादीमा समेत पराकम्प गएको चर्चा चलिरहेका बेला माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो । नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउन नेपालले […]

इलाम दुईमा सुवास पुत्र सुहाङ निर्वार्चित

अबिन मेन्याङ्बाे, इलाम। इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतले पराजित गर्नुभएको हो । कांग्रेसका उम्मेदवार खड्काले […]

गृहमन्त्रीलाई कालाे माेसाे दल्ने अध्यक्ष कामीकाे चेतावनी

दिपेश श्रेष्ठ,काठमाडौं ।  संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले उपप्रधान तथा  गृह मन्त्री रवि लामिछाने सहभागी हुने जुनसुकै कार्यक्रममा कालाे झण्डा देखाउने,उनकाे पुत्ला दहन गर्ने र कुनै पनि बेला कालाे माेसाे दल्ने चतावनी दिएका छन् । अल्पसंख्यक,धार्मिक समूदायहरुले गर्ने विभिन्न गाेष्ठी,सेमीनार तथा सम्मेलन र प्रचार-प्रसारमा राेक लगाउने गरि गत चैत्र २५ गते गृह मन्त्रालयले परिपत्र […]