Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गृहमन्त्रीलाई कालाे माेसाे दल्ने अध्यक्ष कामीकाे चेतावनी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 17, 2024
123 shares

दिपेश श्रेष्ठ,काठमाडौं ।  संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले उपप्रधान तथा  गृह मन्त्री रवि लामिछाने सहभागी हुने जुनसुकै कार्यक्रममा कालाे झण्डा देखाउने,उनकाे पुत्ला दहन गर्ने र कुनै पनि बेला कालाे माेसाे दल्ने चतावनी दिएका छन् ।

अल्पसंख्यक,धार्मिक समूदायहरुले गर्ने विभिन्न गाेष्ठी,सेमीनार तथा सम्मेलन र प्रचार-प्रसारमा राेक लगाउने गरि गत चैत्र २५ गते गृह मन्त्रालयले परिपत्र जारी गरेपछि त्यसप्रति घाेर भर्त्सना गर्दै आज माईतीघर मण्डलामा आयोजित विराेध प्रदर्शन कार्यक्रममा बाेल्दै उनले साे चेतावनी दिएका हुन् ।

एउटा जनजातिका छाेरा तत्कालिन कानुन मन्त्री शेरबहादुर तामाङले जिब्राे चिप्लिएर बाेलेकाे कुरालाई लिएर उनलाई राजीनामा दिन लगाईयाे तर शहकारी मार्फत कराेडाैँ रुपैयाँ ठगी गरेकाे पर्याप्त प्रमाणहरु सार्वजनिक भईसक्दा समेत उनी गृहमन्त्रीमा रहिरहनु नैतिकताहिन् कार्य भएकाे जिकिर गरे ।

उनलाई अदालतले नागरिकता काण्डमा दाेषी ठहर गरेर उनकाे सांसद पद समेत खारेज भईसकेपछि अयाेग्य लामिछानेले सिफारिश गरि उम्मेद्वार बनाईएका रास्वपाका सबै सांसदहरु अयाेग्य हुन् त्यसैले त्यी सबै सांसदहरुकाे पद खारेज गरिनु पर्छ र उपनिर्वाचन गरिनु पर्ने र त्याे उपनिर्वाचन खर्च समेत लामिछानेले ब्यहाेर्नु पर्ने कामीले माग गरेका छन् । लामिछाने ईतिहासकै भ्रष्ट,दलाल,ठग धार्मिक गद्दार समेत भएकाेले उनले तत्काल राजीनामा दिनु पर्ने पनि जिकीर गरे ।

साेही कार्यक्रममा बाेल्दै राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले भने ” राज्यकाे कुनै धर्म हुँदैन,धर्म मान्ने नमान्ने कुन धर्म मान्ने,आफ्नो धर्मकाे प्रचार गर्ने ब्यक्तिकाे स्वन्त्रता भएकाे र संविधानकाे धारा २६ ले पनि धार्मिक स्वतन्त्रताकाे हककाे प्रत्याभूत गरेकाेले धार्मिक अल्पसंख्यक हरुमाथि गृह मन्त्राले जुन परिपत्र जारी गरेकाे छ त्याे अत्यन्तै निन्दनीय छ र संविधानमाथिनै वलात्कार भएकाे छ त्यसैले गृहमन्त्रीले याे कदम सच्याउनु पर्ने छ ।

याे पनि पढनाेस :

धार्मिक स्वतन्त्रतामाथि गृहको डण्डाः देशलाई द्वन्दमा धकेल्ने परिपत्र खारेजीको माग

कार्यक्रमलाई सम्बाेधन गर्दै जसपाका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता आङ्काजी शेर्पाले रवि लामिछाने शहकारी ठग मात्रै नभएर अब धार्मिक ठग समेत भएकाे बताए । लामिछानेका विरुद्ध यहाँका धार्मिक समूदायहरु अब प्रतिवाद गर्न तत्पर रहेका छन् । उनले जारी गरेकाे परिपत्र तत्काल फिर्ता गर्नु नत्र अब उनलाई कालाे झण्डा देखाउने,पुत्ला दहन गर्ने मात्र हैन सिंहदरवारमै गएर ज्युँदै जलाउने समेत चेतावनी दिए ।

कार्यक्रमलाई पार्टीका वरिष्ठ नेता कमला हेमचुरी,आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरी, धार्मिक तथा सामािक अभियन्ता सुवास सुब्बा, राष्ट्रिय ख्रिष्टियन महसंघ नेपालका का.वा. अध्यक्ष उद्धव चिमाेरिया,बुद्धिष्ट अभियन्ता टेम्डी शेर्पा,साेम नुर्वु शेर्पा लगायतले सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved