चुनाव प्रचारमा रोकिएन बालबालिकाको प्रयोग

काठमाडौं । कानुनतः चुनावी प्रचारमा बालबालिकाको प्रयोग गर्न पाइँदैन । तर, निर्वाचन आयोगमा राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा बालबालिकाको प्रयोग गरिरहेको उजुरी परिरहेको छ । यसका साथै सांस्कृतिक कार्यक्रममा, र्यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अंकित भेस्ट-टिसर्ट-लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिकालाई सहभागी गराइएको […]
कांग्रेसले पोखरामा बृहत् चुनावी सभा गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका कास्कीको पोखरामा बृहत चुनावी सभा गर्ने भएको छ । सभापति गगन थापाको प्रमुख आतिथ्यता एवं उपसभापति विश्वप्रकाश शर्माको विशेष आतिथ्यतामा चुनावी सभा हुने भएको हो । यही शुक्रबार पोखराको अमरसिंह चोकमा बृहत् चुनाी सभा हुने नेपाली कांग्रेस कास्कीले जनाएको छ । यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
बदलिएकाे नेतृत्व हुनाले याे पटक मत परिवर्तन गर्दै भक्तपुर १ का मतदाताहरु

भक्तपुर । एउटा जनप्रतिनिधिले क्षेत्रको भाग्य बदल्न सक्छ त भन्ने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का बिशेषगरि चाँगुनारायण नगरपालिकाका मतदाताको मनमा खेलिरहेको यो प्रश्नको एउटै र भरपर्दो उत्तर बनेर उदाएका छन् अधिवक्ता: किरण न्याैपाने। नेतृत्व बदलिए सँगै नेपाली काँग्रेसको इमानदार सिपाहीका रूपमा उनले यसपटक प्रतिनिधि सभा निर्पाचन क्षेत्र नं. १ मा टिकट पाए। यसकाे अलावा […]
डा. गंगालक्ष्मी अवाल : लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध एक बौद्धिक नेतृ

✍️ दिपेश श्रेष्ठ, नेपालको लोकतान्त्रिक आन्दोलन, समावेशी प्रतिनिधित्व र दिगो विकासको एजेन्डासँग नजिकबाट जोडिएको नाम हो डा. गंगालक्ष्मी अवाल। २०८२ फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस का तर्फबाट समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत डा. अवाल शिक्षा, समाजसेवा, महिला नेतृत्व विकास तथा दिगो ऊर्जा व्यवस्थापन क्षेत्रमा सक्रिय रहँदै राष्ट्रिय राजनीतिमा स्थापित हुँदै […]
काभ्रे–२ मा तारा चिन्हको अपिल गर्दै हुमागाई घरदैलोमा

by Dikendra काभ्रेपलाञ्चोक — नेपाली कम्युनिस्ट पार्टी काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईको चुनावी अभियान आज पाँचखाल नगरपालिका–१० नम्बर वडा बेलाबाट सुरु भएको छ। उम्मेदवार हुमागाईले घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्दै तारा चिन्हमा मतदान गर्न आग्रह गरिरहनु भएको छ। निर्वाचन परिचालन कमिटीका अनुसार बिहीबार पाँचखाल नगरपालिका –७, १० र १२ नम्बर […]
दोलखामा एमाले नेता कार्यकर्ताको टोली नै कांग्रेस प्रवेश

काठमाडौं । दोलखामा एमाले नेता कार्यकर्ताको टोली नै कांग्रेस प्रवेश गरेका छन् । एमालेको विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठसहितको टोली कांग्रेसमा प्रवेश गरेको हो । ठूलो संख्यामा एमाले र माओवादीका नेता कार्यकर्ता यहाँ आयोजित एक कार्यक्रममा कांग्रेस प्रवेश गरेका हुन् । एमाले छोड्नेहरूमा उपाध्यक्ष श्रेष्ठसहित वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, […]
पूर्वमन्त्री उपाध्याय कांग्रेसको साधारण सदस्यसमेर नरहने गरी निष्काशित

काठमाडौं । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध आफ्ना छोरालाई बागी उम्मेदवार बनाएका पूर्वमन्त्री तथा पूर्वराजदूत दीपकुमार उपाध्याय पार्टीबाट निकालिएका छन् । नेपाली कांग्रेसले पार्टीको आधिकारिक निर्णय उल्लंघन गरेको आरोपमा उपाध्यायका बाबु-छोरासहित १९ जनालाई अनुशासनको कारवाही गर्दै पार्टीबाट निकालेको हो। उपाध्यायका छोरा आशिष शर्मा कपिलवस्तु- १ मा बागी उम्मेदवार बनेका छन् । पार्टीले शर्मालाई बागी उम्मेदवार बनाउने काममा […]
सञ्जालमा मच्चाइएका हल्लाको भरमा जनताले मत फेर्दैनन् : अधिवक्ता किरण न्यौपाने

काठमाडौं । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अधिवक्ता किरण न्यौपानेले उक्त क्षेत्रका जनताले सामाजिक सञ्जालमा मच्चाइएका हल्लाका भरमा अन्य पार्टीका उम्मेदवारलाई भोट नदिने बताएका छन्। ४ गते सोमबार चाँगुनारायण नगरपालिका–३ मा तथा ५ गते मंगलबार सोही नगरपालिकाको वडा नं. २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका न्यौपानेले आज भक्तपुर नगरपालिका क्षेत्रमा […]
आगामी निर्वाचनमा योग्यतामूलक समर्थन गर्ने जेनजी २.० को घोषणा

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै जेनजी २.० ले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। जेनजी २.० का प्रवक्ता अविन लिम्बुले संगठनले निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूलाई उनीहरूको दक्षता, क्षमता, अनुभव तथा सार्वजनिक उत्तरदायित्वका आधारमा सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार सहयोग पार्टीगत पहिचान वा “नयाँ–पुरानो” विभाजनमा आधारित हुने छैन। “हामीका लागि मुख्य कुरा […]
“म गफ होइन, काममा विश्वास गर्छु” ~ पर्वत कम्युनिस्ट उम्मेदवार- “मनहरि तिमिल्सिना”

कृष्ण कुँवर, पर्वत — “भ्रष्टाचार गर्नु अपराध हो, म भ्रष्टाचार गर्दिनँ। राज्यको कुनै पनि स्रोतको दुरूपयोग हुँदैन। निर्वाचनपछि पनि म तपाईँहरुकै घरदैलोमा हुनेछु।” यी प्रतिबद्धतासहित नेपाल कम्युनिस्ट पार्टीका पर्वत उम्मेदवार मनहरि तिमिल्सिना फागुन २१ को निर्वाचन लक्षित घरदैलो कार्यक्रममा सक्रिय छन्। मोदी गाउँपालिका–७, राम्जाका तिमिल्सिना नीति, योजना र विकासका सवालमा चिनिने बौद्धिक व्यक्तित्व […]

