देउवा समर्थक एमाले नेताहरुलाई कारबाहीगर्न एमाले बैठक बस्ने,को को पर्नेछन त कारबाहीमा? सुचिसहित

काठमाडौं। नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर आफ्नो दलका सांसदहरुको हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएको छ। प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले केहीबेर अघि शीतलनिवाशमा पत्र दर्ता गराएका हुन्। देउवालाई समर्थन गरी हस्ताक्षर नगरेको र पार्टी अध्यक्ष केपी ओलीलाई नै समर्थन गरेको भन्ने […]
दुई चरणमा मध्यवधि चुनावकाे घाेषणा गर्दै राष्ट्रपति द्वारा मध्यरातमा प्रतिनिधिसभा भंग
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् । रातको ११:३० मा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छिन ।
प्रधानमन्त्रीकाे लागि गरिएकाे दुईवटै दावी राष्ट्रपतिद्वारा मध्यरातमा खारेज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुबैले नयाँ सरकार गठनका लागि गरेको दावी खारेज गरेकी छन्। राष्ट्रपतिले दुबै दावी कमजोर रहेको भन्दै खारेज गरेकी हुन्। शुक्रबार राति ११:३० बजे राष्ट्रपतिले सरकार गठनबारे यो निर्णय लिएकी हुन्। राष्ट्रपतिले दुबै दावीकर्तामा दोहोरो सांसदले समर्थन जनाएको […]
हस्ताक्षरकाे सवालमा नेता नेपालकाे चलख्याइँ कि हेपाहा प्रबृर्ति ??

जेठ ७, काठमाडौं । नेकपा एमालेका अन्य नेताले साथ नदिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछि लागेर राष्ट्रपतिभवन शितलनिवास पुग्नुपरेको छ । एमालेका सांसदहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्न संसद सचिवालयस्थित लेखा समितिको हलमा डा. भीम रावल, रामकुमारी झाँक्री, झपट […]
देउवा सहित १४९ साम्सद को हस्ताक्षेर लिएर पुगे सितलनिवास
काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि […]
नेपाल सहित पक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु भएको छ । नेपालसहित बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत छन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार नयाँ सरकारमा […]
राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान

काठमाडौं जेष्ठ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आव्हान गरेका छन् । बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गरेका हुन् । ‘वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ’, […]
राष्ट्रपतिकाे कदमविरुद्द सर्वाेच्चमा रिट लाँदै

जेठ ६, काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ । अधिवक्ता सन्तोष भण्डारीलगायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर रिट दायर गर्नका लागि अदालतमा पेश गरेका हुन् । रिट दर्ता हुने […]
सुरु भयो देउवा निवास बूढानीलकण्ठमा काँग्रेस बैठक

नेपाली काँग्रेसको बैठक सुरु भएको छ । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको हो । बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिलागरी पौने १० देखि सुरु भएको हो । बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारी सहभागी छन् […]
बहुमत पुर्याएर दाबी गर, हामी बिपक्षीमा बस्न तयार छौ – महेश बस्नेत

काठमाडाैं – नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री विपक्षी दलहरुलाई बहुमत पुर्याएर सरकार गठन गर्न चेतावनी दिएका छन्। सरकार गठनको प्रकृयालाई स्वभाविक बताउदै उनले आफुँहरु विपक्षमा बस्न तयार रहेको बताए। ‘राजनीति बिचार र सिद्धान्तको मात्र बिषय होइन। यो त विधि, पद्धति र प्रक्रियाको बिषय पनि हो।’ बस्नेतले भने, ‘बर्तमान सरकार र प्रधानमन्त्री के पी शर्मा ओलीबिरुद्ध […]
