प्रतिनिधि सभा बिघटनकाे चाैतर्फि बिराेध पछि कार्यालय काे साइटबाट हटाईयाे दुबै प्रेस बिज्ञप्ति

काठमाडौं- राष्ट्रपति कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति हटाइएको छ। ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकमा राखिएका दुवै विज्ञप्ति हटाइएको छ। हटाइएका दुवै विज्ञप्ति क्रमशः जेठ ७ गते राति २३:३८ र जेठ ८ गते बिहान ०१:४९ मा प्रकाशित भएका थिए। शनिबार बेलुकैदेखि […]

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षीदलहरु आक्रामक

प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धनले राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने भएको छ। कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल खेमा र राष्ट्रिय जनमोर्चा त्यसका लागि एकगठ भएका हुन्। उनीहरूले प्रतिनिधि सभा विघटनको राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी भन्दै निन्दा र भत्र्सना गरेका छन्। विघटनले मुलुकमा […]

एकै चरणमा चुनाबगर्न निर्बाचन आयोगको सुझाब

काठमाडौ । निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार भएको छलफलमा व्यवस्थापन सहजताका लागि एकै चरणमा निर्वाचन गर्न सुझाइएको हो । निर्वाचन मिति […]

ओली एमालेको सिकोगर्दै जसपाले पनि ४ नेतालाई कार्वाहि गर्ने

जसपाको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोका संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवका अध्यक्षतामा हिजो साँझ बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य इस्तियाक राइनले बताएका छन । पार्टीको विधानविपरीत फर्जी तरिकाले अध्यक्ष महन्थ ठाकुरले […]

जसपाद्वारा काठमाडाैंको नारायणटारमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

जेठ ८,काठमाडाैं – जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले आज प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् ।प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र कानुनको हुर्मत लिँदै असंवैधानिक कदम चाल्दै पुनः संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि जसपाका कार्यकर्ताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएका हुन् ।जसपाका नेता आङकाजी शेर्पाले काठमाडाैं काे नारायणटारमा पुत्ला जलाएको तस्बिर […]

राँके जुलुस प्रर्दशनगर्ने नेविसंघका नेताहरुलाई प्रहरीले लखेट्यो

पोखरा । प्रतिनिधी सभा विघटन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमाराँके जुलुस निकालेका नेपाल विद्यार्थी संघका नेताहरु लखेटिएका छन् । पोखरा महानगरपालिका अगाडी नेविसंघ केन्द्रीय नेता भानु ढकाल , सरोज केसी ,जिल्ला नेता विकास थापा लगायत सात जनाले रांके जुलुस निकालेपछि प्रहरीले उनिहरुलाई लखेटेको हो ।   न्युरोडमा राँके जुलुस निकालेका विद्यार्थीहरुलाई हस्तक्षेप गर्नका लागि […]

राष्ट्रपतिकाे कदम बिरुद्ध “अनेरास्ववियू- क्रान्तिकारीर र नेपाल “निकट बिध्यार्थिहरुले आन्दाेलन गर्ने

काठमाडाैं- नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) र नेकपा एमाले माधव नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमविरुद्ध संघर्षका कार्यक्रम घाेषणा गरेका छन्।शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान १ :४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय […]

प्रतिनिधिसभा भंग गरिएपछि नेत्रबिक्रम चन्द (विप्लव) काे वक्तब्य

जेष्ठ ८ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गरेका छन् । शनिबार विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै आएकोमा अहिले आएर पार्टीको निष्कर्ष सही सावित भएको उल्लेख गरेका छन् । […]

अराजक प्रबृत्तिका पार्टीहरुलाई ट्र्याकमा ल्याउने बाटाे चुनाबनै हाे- नारायणमान बिजुक्छे

जेठ ८, भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताएका छन् । अध्यक्ष बिजुक्छेले आफ्नो पार्टीले पहिलेदेखि भन्दै आएको कुरा अहिले त्यही बिन्दुमा पुगेको उल्लेख गरेका छन । उनले भने–‘अहिले पार्टीहरूको जुन अराजकता भयो, एमाले पनि त्यस्तै, जनता समाजवादी पार्टी पनि त्यस्तै । पार्टीहरूमा जुन […]

प्रपञ्चबिरुद्ध एकजुट हुन बाबुरामको आह्वान

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान र गणतन्त्र नै खारेज गर्ने प्रपञ्च भएकाले त्यसको प्रतिवाद गर्नु पर्ने बताएका छन् । शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मिति तोकेपछि ट्वीट गर्दै डा.भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक […]