कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाण्डाै – पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो । बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा […]
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज निर्णय आउने सम्भावना

काठमाण्डौ – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठन भएको सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ । बहस सकिएसँगै सर्वोच्च अदालतले यो मुद्दालाई हेर्दाहेर्दैमा आजका लागि पेसी तोकेको हो । संवैधानिक इजालसले सम्भवतः आजै फैसला गर्नेछ । आज नभ्याए अर्को दिनको लागि पेसी तोकिनेछ । संवैधानिक इजालसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, […]
राजपा कब्जा गर्न नेताहरुको होडबाजी

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए। अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका […]
१० बुधे सहमति सँगै एमाले पार्टी एकता – बिस्तृत बिबहरण सहित

काठमाडौं । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच गएराति १०बुँदे सहमति भएको छ । यो सहमतिलाई अाज बोलाइएको स्थायी कमिटीको बैठक अनुमोदन गर्ने नेताहरुले बताए। दुबै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय […]
१०बुँदे सहमतिप्रति नेता नेपालकाे असन्तुष्टि

काठमाडौं । नेकपा एमालेमा कार्यदलले गरेको १०बुँदे सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । अदालतलाई प्रभावित गर्ने गरी रातारात सहमति गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । कार्यदलले गरेको सहमतिबारे विस्तृत अध्ययन गरेर मात्र बोल्ने उनी निकट स्रोतले बताएको छ । अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरु रहेको कार्यदलले आइतबार […]
रामनारायण बिडारीले किन ल्याए प्रधानमन्त्रीले भात खाँदै गरेको मान्छे मा’रेको प्रसंग ?

राष्ट्रियसभाका सदस्य रामनारायण बिडारी आफ्नो भाषण शैलीका कारण संधै चर्चामा रहन्छन् । सदनमा होस् या अन्यत्र आफूलाई लागेका कुरा निर्धक्क बोल्ने उनको स्वभाव हो । मनमा लागेका कुरा फ्याट्ट बोल्ने स्वभावका कारण कहिलेकाँही उनका अभिव्यक्तिहरु विवादितसमेत हुने गरेका छन् । भाषण या अभिव्यक्तिका क्रममा उनले प्रयोग गर्ने टिपिकल शव्द र बिन्दास शैली आलोचनात्मकमात्र हुँदैन मनोरन्जनात्मक […]
ठाकुर पक्षको मुद्दा ओझेलमा,ओलीले चासो देखाएन चासो

सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो। तर सहभागी भएको केही दिनपछि असार ८ गते सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम ठाकुर पक्षका ११ मन्त्री सरकारबाट बाहिरिन बाध्य भएका […]
एमाले एकताको आज अन्तिमा भाका

एमालेको एकताका लागि गठित कार्यदल ब्युँतिएको एक साता पुगेको छ। कार्यदलमा रहेका दुवै पक्षका नेताले आइतबार औपचारिक रूपमै एकताको घोषणा हुने बताएका छन्। नेताहरूले यसअघि शनिबार निष्कर्षमा पुग्ने बताए पनि एकता घोषणा भने हुन सकेन। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले आइतबार सबैले सुखद खबर सुन्न पाउने बताए। ‘आइतबार […]
एमाले कार्यदलको बैठक सम्पन्न, भोलि विहान खुशीको समाचारआउने नेताहरुको भनाई

काठमाडौं । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा बसेको बैठक भर्खरै सम्पन्न भएको हो । आजको बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि प्याकेजमै सहमति गरिएको नेताहरुको दाबी छ । बैठकस्थलबाट बाहिरिने क्रममा कार्यदलका सदस्यहरुले बैठक सकारात्मक रहेकोले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट फैसला आउनुअघि नै विवाद समाधान हुने दाबी गरेका छन् । […]
ई. बसन्त कुशवाहाद्वारा रौतहटको गौरमा जनमत पार्टीको कार्यालय उदघाटन

मेवालाल यादव ,रौतहट । रौतहटको सदरमुकाम गौरमा आज जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले जिल्लामै पहिलो पटक जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटको कार्यालय उदघाटन गरेका छन । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाले आज एक कार्यक्रमका बीच उक्त जनमत पार्टीको कार्यालय भवनको रिबन काटेर उदघाटन गरेका हुन् ।कुशवाहाले गौर नगरपालिकाको वार्ड-५ बि .पी चौक […]
