सर्वोच्च अदालतको फैसलापछि कसले के भने ?

काठमाडौं। फैसला जनभावनानुसारः सभामुख सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।’ ऐतिहासिक फैसलाः कांग्रेस नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै स्वागत […]

आज ५ बजे देउवाको शपथ तयारी

नयाँ प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवाले आज साँझ ५ बजे शीतल निवासमा शपथ ग्रहण गर्नुहुने भएको छ ।राष्ट्रपति कार्यालयको प्रशासनले देउवा निवास बूढानीलकण्ठमा आज साँझ ५ बजे शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन भनी हिजै जानकारी गराइसकेको छ । यता,बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको सबै सामान हिजो साँझदेखि प्याकिङ गर्न थालिएको छ । आजै […]

औपचारिक सम्बोधन गर्दै विपक्षी गठबन्धनबाट माधव नेपाल बाहिरिए

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिएका छन् । कोटेश्वरस्थित वन पैदावारमा बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सर्वाेच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराएका हुन् । ‘लोकतन्त्र, गणतन्त्र, संघीयता र अग्रगमनका लागि हुने जुनसुकै लडाइँमा मेरो सधैँ साथ रहन्छ, तर अहिले हाम्रो पार्टी फरक परिस्थितिमा […]

देउवालाई प्रधानमन्त्री बनाउने परमादेश राष्ट्रपति र प्रधानमन्त्री कार्यालय पठाइयो(पत्रसहित)

काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ । अदालतको शाखा अधिकृत नेत्रबहादुर माझीले पत्र काटेर राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा पत्र पठाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश […]

सर्वोच्चको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै हो – दुर्लभ थापा,कांग्रेस भक्तपुरका सभापति

भक्तपुर- सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको भक्तपुर कांग्रेसले स्वागत गरेको छ । फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदैं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सर्वोच्चले लोकतन्त्र र नेपालको संविधानको रक्षा गरेको बताउनुभयो । सर्वोच्चले प्रधानमन्त्री के पी शर्मा ओलीको एक पछि […]

देउवाको प्रधानमन्त्रीकाल कति महिना ? : १ महिना कि १७ ?

सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेसँगै अबको सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ । अदालतको आदेशले तत्कालै शेर बहादुर देउवा प्रधानमन्त्री बने पनि एक महिनापछिको अवस्था के होला भन्ने प्रश्न उठ्न थालेको छ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिलकुमार पोखरेल पहिलो चरणमा राष्ट्रपतिले मङ्गलबार अपराह्न ५ बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने […]

नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु असल : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चको फैसला आए लगत्तै पूर्व प्रधानमन्त्री भट्टराईले सर्वोच्चलाई धन्यवाद दिँदै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले भने, ‘सर्वोच्चको फैसला सम्मानयोग्य छ । र, यो फैसलासँगै राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाइसकेका […]

सर्वोच्चको फैसला पालना गर्छाैंः एमाले

काठमाडौं। सत्तारुढ दल एमालेले सर्वोच्च अदालतको फैसलाको पालना गर्ने बताएको छ। एमाले प्रवक्ताले जतिसुकै अप्रिय भए पनि सर्वोच्चको फैसला पालना गर्ने बताएका छन्। उनले डिसी नेपालसँग कुरा गर्दै प्रतिनिधिसभा विघटन बदर गर्ने र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गर्ने सर्वोच्च अदालतको फैसला संविधानको मर्म बाहिर भएको प्रतिक्रिया दिएका छन्। उनले सोमबार सर्वोच्चको […]

एमालेपार्टी सिंगै माधव नेपालको नेतृत्वमा आउनु पर्छ- पुष्पकमल दाहाल “प्रचण्ड”

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सिंगो एमाले माधव नेपालको नेतृत्वमा आइदेओस् भन्ने चाहना व्यक्त गरेका छन् । ‘मेरो चाहाना एमाले फुटोस, कांग्रेस फुटोस् भन्ने होइन र छैन्,’ सर्वोच्च अदालतको फैसलाबारे प्रतिक्रया दिँदै उनले भने, ‘म आफैं पार्टी एकीकरण गर्दै हिँड्ने मान्छे हुँ, कुनै पार्टी विभाजित होस् भन्ने चाहाना राख्दिनँ […]

गलत फैसला आयो, तरपनी हामी मान्छौ ,किनभने हामी लोकतन्त्रको साँछी हाैँ-सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला गलत भए पनि स्वीकार गर्ने बताएका छन् । नेकपा एमाले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्ने नेम्वाङले बताए । ‘यो फैसला प्रति सहमत हुन सक्ने ठाउँ देखिदैन । तर यति हुँदाहुँदै पनि कानूनको शासन र […]