Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अब ,एमाले सत्ता पक्ष कि प्रतिपक्ष ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 19, 2021
258 shares

काठमाडौं । नेकपा एमाले संसदमा प्रतिपक्षको लाइनमा बसेको छ । दोस्रोपटक पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका प्रवक्ता तथा सांसद प्रदीप ज्ञवालीले आफूहरु प्रतिपक्षी दलको रुपमा रहने जानकारी गराए ।

तर, व्यवहारमा हेर्दा एमाले सत्तापक्ष हो कि प्रतिपक्षी दल हो छुट्याउन आममानिसलाई गाह्रो भइरहेको छ । प्रतिपक्षीको लाइनमा बसेको एमालेका सांसदहरु सरकारलाई समर्थन गरेका छन् ।

सरकारको पक्षमा मतदान गरेका छन् । र साथै दुवै पक्षमा नभएर तटस्थ पनि बसेका छन् । यसले एमाले पक्ष कि प्रतिपक्षी दल हो व्यवहारत् छुट्याउन गाह्रो भएको हो ।

आइतबार कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतको पक्षमा एमालेका २२ सांसदले मत जाहेर गरे । देउवा सरकारलाई विश्वासको मत दिनेमा एमालेका ओली समूहका ८ र नेपाल समूहका १४ सांसद रहे । नेपाल समूहका रहेर पनि देउवा सरकारलाई मत दिन नसकेका ११ सांसदले मतदान बहिस्कार गरे ।

मतदान बहिस्कार गर्ने नेताहरु नै प्रतिनिधि सभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालत पुगेका थिए । तर, लोकतन्त्रको सुन्दर पक्ष मानिने मतदानलाई बहिस्कार गरेर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नतर्फ लागेका उनीहरु अहिले नेपाल र ओली दुवै समूहमा खुट्टा राख्ने प्रयास गरिरहेका छन् ।

गत असार २८ गते सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश र संसद पुनर्स्थापना गर्दै बैठक आह्वान गर्न दिएको निर्देशनपछि तत्कालीन विपक्षी गठबन्धन त्यागेर पार्टी एकतामा लाग्ने बताएको नेपाल समूह अहिलेसम्म मूल घर जान सकेको छैन ।

बरु गठबन्धनको बैठकमा सहभागी भएर संसदबाहिर सत्तापक्षको भूमिका नेपाल समूहले निभाइरहँदा संसदभित्र भने ओली समूह प्रतिपक्षीको भूमिकामा देखिन्छ ।

साथै आइतबार त नेपाल समूहले संसदभित्रै सत्तापक्षको भूमिका निर्वाह गरेपछि अहिले एमाले सत्ता पक्ष कि प्रतिपक्ष छुट्याउन आमजनतालाई सकस परेको हो ।

यद्यपि संसद बैठकमा एमाले प्रतिपक्षी रहेको प्रदीप ज्ञवालीले बताइसकेका छन् । यसर्थ एमाले प्रतिपक्षी दल भएर पनि उसका सांसदहरुले आफ्नो पार्टीको निर्णयभन्दा सत्ताको निर्णयलाई आत्मसाथ गरेको देखिन्छ ।

canadanepalबाट सभार

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved