Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तल्लो तहको अधिवेशन छोट्याएर महाधिवेशन गर्ने तयारीमा कांग्रेस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2021

काठमाडौं । नेपाली कांग्रेसले तल्लो संरचनामा २ तहको मात्रै अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। केन्द्रीय महाधिवेशनको समय नजिकिएकाले समयाभाव हुने कारण देखाउँदै तल्लो संरचनामा दुई तहको मात्रै अधिवेशन गर्न लागिएको हो।

तल्लो तहमा वडा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मात्रै अधिवेशन गर्ने तयारी भएको एक नेताले जानकारी दिए। केन्द्रीय महाधिवेशन समयमा गर्न समयाभाव रहेकाले तल्लो तहको अधिवेशन छोट्याउन लागिएको उनको भनाइ छ।

वडा, गाउँरनगर, क्षेत्रीय, प्रतिनिधि सभा र प्रदेश संरचनाका लागि अधिवेशन हुनुपर्ने विधानको व्यवस्था छ। तर, समयाभाव भन्दै गाउँरनगर, क्षेत्रीय र प्रदेश अधिवेशन नगरी महाधिवेशन गर्ने तयारी भएको छ।

तल्लो तहको अधिवेशनको प्रक्रिया लामो हुँदा केन्द्रीय महाधिवेशन प्रभावित हुने जनाउँदै छोट्याउन लागिएको ती नेताको भनाइ छ। कांग्रेसको पछिल्लो तयारीले संघीय संरचनाको नयाँ कार्यसमितिका रुपमा गठन हुने प्रदेश समिति नबन्ने भएको छ।

पूर्व निर्णयानुसार साउन १२ गतेदेखि तल्लो तहको अधिवेशन हुने कार्यतालिका थियो। उक्त कार्यतालिका प्रभावित हुने भएपछि तल्लो संरचनाको अधिवेशनको मिति पर सार्ने निर्णय पार्टीले गरेको छ। पर सार्ने निर्णय भएपनि कहिलेबाट अधिवेशन सुरु गर्ने बारे यकिन भएको छैन।

तल्लो तहको अधिवेशन एक साता पर सार्ने तयारी रहेको भनिएपनि भदौ अघि हुन नसक्ने एक नेताले बताए। वडा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन भदौ पहिलो साता गर्ने गरी तयारी भएको ती नेताले बताए।

तल्लो तहको अधिवेशन नै भदौमा पुगेपछि दुई तहको सकेर केन्द्रको गर्ने सोचमा नेताहरु पुगेका छन्। असार मसान्तसम्म क्रियाशील सदस्यता छानबिन सक्ने भनिएको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो कार्य हालसम्म सकेको छैन।

दुई जिल्लाको विवाद केन्द्रमा पठाउने समितिले निर्णय गरेको छ। सतहमा दुई जिल्लाको विवाद मात्रै भनिएपनि दर्जन बढी जिल्लामा समस्या रहेको बताइएको छ।

छानबिन समितिले विवाद टुंग्याउन अन्तिम कसरत गरिरहेकै बेलामा जिल्लाबाट विवाद लिएर समितिको कार्यालयमा दर्जनौं नेतारकार्यकर्ता धाइरहेका छन्। केन्द्रीय महाधिवेशनको समय भदौ १६ देखि १९ सम्मलाई तोकिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु, सागर...

  • May 3, 2026

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, अ...

  • May 2, 2026

संविधान संशोधनमा सर्वपक्षीय सहभागिताकाे आवस्यक : माननीय आरेन राई

  • May 2, 2026

राष्ट्रपतिद्वारा लगातार अध्यादेश वर्षा: तीन नयाँ संशोधन सार्वजनिक

  • May 2, 2026

चाँगुनारायण–२ मा रास्वपाको पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्...

  • May 2, 2026

थापाथली सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

  • May 1, 2026

तराईमा खरबुजा खेतीको क्रेज, किसानको आम्दानी बढ्दो

  • May 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved