श्रीमान ५ बाट देउवा प्रधानमन्त्री नियुक्त भए : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् ।

सांसदमाथि ह्विपलगाउनाे लगतहाे- बामदेब गाैतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताएका छन् । ‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने […]

४ नेताले देउवालाई विश्वासको मत नदिने

काठमाडौं। नेकपा (एमाले) का सांसदहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुषालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । यी चारै जना सांसद माधव नेपालनिकट हुन। माधव नेपालले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । नेकपा (एमाले) ले संस्थागत रुपमा निर्णय गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय […]

देउबाले कस्तो पत्र लेखे महन्त ठाकुरलाई

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई विश्वासको मतको पक्षमा मतदान गर्दै पत्र पठाएका छन् । प्रधानमन्त्री देउवाले पत्रमा लेखेका छन्,–प्रतिनिधिसभाको बैठकमा विश्वासको मत निले कार्यक्रम रहेकोले सो प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट गर्न गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।’ अध्यक्ष ठाकुर पक्षको हिजो बसेको संसदीय […]

सांसद पदबाट भीम रावलले दिए राजीनामा

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्।। ‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु’, सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले भने, ‘म राजीनामा दिन्छु।’ रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए। शेरबहादुर देउवालाई […]

देउवालाई विश्वासको मत दिनु २३ जना सांसदको कर्तव्य : एमाले सांसद रामकुमारी झाँक्री

काठमाडौँ । एमाले सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु एमालेका २३ जना सांसदको कर्तव्य भएको बताएकी छिन् । उनले ट्वीटरमा आफ्नो धारणा व्यक्त गर्दै सो कुरा उल्लेख गरेकी हुन् । ‘हामीले संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीको लागि प्रतिनिधिसभाका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौं । १ सय ४९ जनाको समर्थन […]

प्रधानमन्त्री देउवाले आजै विश्वासको मतलिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री […]

माओवादी र काँग्रेसको संसदीय दल बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । आइतबार अपरान्ह पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्नुअघि काँग्रेस र माओवादीको संसदीय दलको बैठक बस्न लागेको हो । आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादीको बैठक बस्दै छ । माओवादी केन्द्रले बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई […]

मैले नेतृत्व गर्ने समितिमा ६० प्रतिशत युवाको सहभागिता गराउँछु,काँग्रेस नेता – भण्डारी

इटहरी/नेपाली काँग्रेस सुनसरीका वर्तमान जिल्ला सचिव केदार भण्डारीले १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टी संस्थापन इतर पक्षका भण्डारीले सभापतिमा निर्वाचित हुने विश्वास सहित कार्यकर्ता माझ भेटघाट तीव्र बनाएका छन्। देशभरमा सबैभन्दा काँग्रेस बलियो सुनसरीमा देखिएकोले काँग्रेसलाई कमजोर हुन नदिने बाचा सहित उनले उम्मेदवारी घोषणा गरेका हुन्। देशैभरी काँग्रेस कमजोर भएको अवस्थामा […]

पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक आज बस्दै,नेकपा एमाले आजदेखि प्रतिपक्षमा बस्ने

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो । आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा […]