Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्रीदेखि राष्ट्रपति हातपार्ने माधव नेपालको ‘मास्टर प्लान’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2021
138 shares

मोनीका सिंह ,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आजबाट आफ्नो नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको विस्तारमा कस्सिएका छन् । यहि हप्ता मन्त्रीपरिषद विस्तारमा उनको पार्टीले ६ वटा मन्त्रालय र राज्यमन्त्री पाउने पनि भएका छन् ।

माधव कुमार नेपाल जसले ५ दशक एमालेमा बिताएका थिए तर अहिले केपी ओलीसंगको सानोतिनो विवादका कारण किन पार्टी फुटाए भन्ने ठूलो प्रश्न उब्जिएको छ । माधव नेपालले अध्यादेश मार्फत रातारात पार्टी फुटाउनुलाई सकारात्मक रुपमा लिईएको भने छैन । केपी ओलीसंग पार्टी भित्र नलडेर बाहिर बाहिरबाट पार्टी किन फुटाए भन्ने प्रश्नको विश्लेषण हुन थालेको छ ।

माधव नेपालले नयाँ पार्टी दर्ताको प्रमाण पत्र प्राप्त गरेसंगै उनले प्रधानमन्त्रीको लागि शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गरेको मौखिक सम्झौता बाहिरियो । उच्च श्रोतका अनुसार माधव कुमार नेपालले चुनावी सरकारको नेतृत्व गर्ने मौखिक सम्झौताका कारण शेरबहादुर देउवालाई विश्वासको मत दिएको र अहिले पार्टी फ़ुटाएका हुन् । प्रचण्डलाई साक्षी राखेर भएको सम्झौताका कारण माधव नेपालले एमाले पार्टी त्याग्ने रिस्क लिएका हुन् ।

माधव नेपालले सरकारमा जान मात्र नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेका होईनन् । माधव नेपालले प्रधानमन्त्री, राष्ट्रपतिदेखि ठूलो कम्न्युष्ट पार्टीको अध्यक्ष बन्ने लक्ष्य सहित नयाँ पार्टी दर्ता गरेका हुन् । माधव नेपालको लक्ष्यमा मलजल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि हुन् । प्रचण्डको पनि आफ्नै स्वार्थ गाँसिएको छ जुन हामी पछि चर्चा गर्नेछौं ।

माधव नेपालले एमालेमा हुँदा आफूलाई साथ दिएका सांसदतथा केन्द्रीय सदस्यहरु जसले अहिले सम्म मन्त्री बन्ने मौका पाएका थिएनन् उनीहरुलाई यो गठबन्धनको सरकारमा मौका दिने भएका छन् । माधव नेपालसंग गाँसिएका प्राय सांसद तथा केन्द्रीय सदस्यहरु कुनै न कुनै पद पाउने लोभले एमाले पार्टी त्यागेका हुन् ।

सरकारमा गएपछि माधव नेपालले यहि गठबन्धनको सरकार मार्फत आउने चुनावको नेतृत्व गर्नेगरि प्रधानमन्त्री बन्ने भएका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने निर्णय लिनु अघि प्रचण्डले देउवा र माधव नेपाल बीच चुनावी सरकारको नेतृत्व माधव नेपाललाई गर्न दिने मौखिक सम्झौता गराएका थिए । प्रचण्ड आफै साक्षी बसेर देउवाले हुन्छ भनेपछि माधव नेपालले एमालेलाई रिस्कमा राखेर फ्लोर क्रस गरेका थिए ।

शेरबहादुर देउवाले महाधिवेसनसम्म आफू प्रधानमन्त्री बन्ने र चुनाव घोषणा भएसंगे चुनावी सरकार माधव नेपाललाई हस्तान्तरण गर्ने भन्दै सम्झौता गरेका थिए । अनि माधव नेपालले एमालेमा विद्रोह सुरु गर्दै सांसदहरुदेखि केन्द्रीय सदस्यहरुलाई आफू तर्फ तान्न सुरु गरे । भित्र भित्रै नयाँ पार्टी दर्ता गर्न तयारी गर्न थाले । र अन्तिममा शेरबहादुर देउवाले माधव नेपाललाई सहज हुनेगरि अध्यादेश ल्याईदिए । सभामुखले पनि एमाले पार्टीले गरेको कारवाहीलाई अघि बढाएनन् ।

संसदमा गठबन्धनको सरकारको बहुमत भएका कारण अब माधव नेपालले राष्ट्रपतिमाथि महाअभियोग लाउने सम्म तयारी गरेका छन् । माधव नेपाल र प्रचण्डको तयारीमा यो प्रस्तावलाई शेरबहादुर देउवाले समेत साथ दिने भएका छन् । श्रोतका अनुसार राष्ट्रपतिमा झलनाथ खनाललाई अघि सार्ने तयारी गरेका छन् जसका कारण झलनाथ खनाल खुलेरै एमाले परित्याग गरेर नयाँ पार्टीमा आएका हुन् ।

राष्ट्रपतिलाई महाअभियोग लाउने योजना बारे राष्ट्रपति विधा देवी भण्डारीले सूचना पाएसंगै केहि हप्ता अघि भीम रावललाई बोलाएर सोधेकी समेत थिईन । तर नेता रावलले यस बारे बैठकमा अहिलेसम्म कुनै प्रस्ताव नआएको जनाएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्री पद सुनिश्चित गरेसंगै माधव नेपालले छरिएर बसेका कम्न्युष्ट पार्टीहरुलाई एकीकरण गरेर ठूलो कम्न्युष्ट पार्टी बनाउने योजना समेत बनाएका छन् । सुरुवातमा माओवादी केन्द्रसंगै एकीकरण गर्ने योजना रहेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले क्यानडा नेपाललाई बताएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved