Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेस महाधिवेशनः निर्वाचन अधिकृतहरुलाई अनुशिक्षण गरिँदै, भोलि निर्वाचन सामग्री वितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2021
189 shares

काठमाडौँ– सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा तयारीका कामहरु धमाधम भइरहेका छन् । क्रियाशील सदस्यताको विषय टुंग्याएपछि महाधिवेशन तयारीको विषयले तिब्रता पाएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रशासनिक कामहरु धमाधम भइरहेको जानकारी दिए । उनका अनुसार विवाद नरहेका ४० जिल्लाका क्रियाशील सदस्यताको पोको पारेर ठिक पारेर राखिएको छ । अन्य जिल्लाबारे पनि तयारीहरु भइरहेको उनले जानकारी दिए ।

उनले पहाडी र दुर्गम जिल्लाहरुमा शुक्रबार काठमाडौंबाट निर्वाचन सामग्रीहरु वितरण गरिने जानकारी दिए । उनले भने, ‘क्रियाशील सदस्यता, निर्वाचन निर्देशिकालगायतका निर्वाचन सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ । दुर्गम र पहाडी जिल्लाहरुमा सबैभन्दा छिटो हुने यातायातका साधनबाट भोलि नै सामग्री पठाउँछौं ।’

केन्द्रीय निर्वाचन समितिले विहीबार निर्वाचन अधिकृतहरुलाई अनुशिक्षण गर्ने कार्यक्रम तय भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृतहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार नै जिल्लामा खटाइने छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतहरु जिल्ला जिल्लामा पुग्ने छन् । निर्वाचन समितिले निर्वाचन अधिकृत र केन्द्रीय प्रतिनिधिहरुको नाम भने गोप्य राखेको छ ।

यही भदौ १८ मा देशभरका सबै वडाहरुको अधिवेशन गर्ने मिति तोकिएकाले सोही मितिमा अधिवेशन गर्ने गरी कामहरु भइरहेको छ । तर कतिपय काँग्रेस नेताहरुले भने १८ गते वडा अधिवेशन गर्न समय नपुग्ने बताइरहेका छन् ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै केन्द्रीय कार्यलयमा धर्ना दिएकाले पनि केही समयस्या हुन सक्ने जनाइएको छ । जिल्ला सभापतिहरुको धर्नामा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत देउवा इतर समूहका नेताहरुले समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved