दोस्रो अध्यक्ष खनाललाई बनाउन नेपालको प्रस्ताव

काठमाडौं। प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले एकताका लागि दबाब बढाएपछि उनले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने सर्त अघि […]

माओवादी केन्द्रको स्थायी कमिटी जारी

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकार विस्तारका विषयमा छलफल भइरहेको छ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको नाम टुंग्याउने बताइएको छ । सरकारमा अहिले माओवादी केन्द्रका दुई मन्त्री छन् । माओवादी केन्द्रका ४९ सांसद नै मन्त्री बन्ने होडमा […]

केपी ओलीका फेहरिस्त सुनाउँदै गगन थापाले भने– नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन

काठमाण्डौँ,नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका बेथिति औंल्याउँदै नयाँ सरकारलाई त्यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको प्रस्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले भने, ‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु […]

माधव नेपालमाथि खनिईन् सांसद चौधरी, एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद गंगा चौधरीले माधव नेपालले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा माधव नेपालले एमाले सांसद नारदमुनि रानालाई गरेको व्यवहारबारे प्रश्न उठाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले माधव नेपालले रानालाई बाहिर जानु भनेको घट्नाले समस्त थारु समुदायको अपमान भएको टिप्पणी गरिन् । सम्बोधनको क्रममा उनले भनिन्,‘म थारुकी छोरी, तितो […]

व्यवसायीहरू मन्त्री बन्न पाउने कि नपाउने कानुन बनोस्: कांग्रेस सांसद राजभण्डारी

काठमाडौं,नेपाली कांग्रेसका सांसद दिव्यमणिराज राजभण्डारीले संविधानले व्यवसायीलाई सांसद बन्न दिएको बताएका छन्। प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा व्यवसायीसमेत रहेका सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेपछि आलोचना भइरहेको छ। त्यसतर्फ संकेत गर्दै भण्डारीले आज प्रतिनिधि सभा बैठकमा व्यवसायीहरू सांसद बन्न पाउने अधिकार संविधानमै रहेको बताए। तर मन्त्री बन्न पाउने कि नपाउने भन्ने कानुन बनाउन उनको माग […]

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले सभापति देउवालाई बुझायो प्रतिवेदन

काठमाडौँ– नेपाली कांग्रेसले गठन गरेको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समिति संयोजक रमेश लेखकले सदस्यता छानविन समितिको प्रतिवेदन बुझाएका हुन् । ८ लाख ५२ हजार क्रियाशील सदस्यताको विवरणसहितको प्रतिवेदन बुझाएपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता लेखकले भने, ‘हामीले ७७ वटै जिल्लाको […]

सत्ता समीकरण मिलाउन प्रचण्ड दौडधुपमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता समीकरण मिलाउने दौडधुपमा छन् । उनी निरन्तर शीर्ष नेतासँगको भेटवार्तामा सक्रिय भएर लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्व गरेको दुई साता नाघे पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा प्रचण्डको दौडधुप बढेको हो । उनले आफ्नो गठबन्धनमा रहेका दलका शीर्ष नेतालाई भेटेर मन्त्रिपरिषद विस्तार र […]

देउवा सरकारको अर्थ मन्त्रि जनार्दन माहा अपराधि होः जसपा केन्द्रीय सदस्य( दलमर्दन कामि (भिडियो सहित)

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामीले अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि गम्भीर आ’रोप लगाएका छन् । पश्चिम रुकुम सोती ह’त्या का’ण्डका दोषीलाई संरक्षण गरेको भन्दै नेता कामी सामाजिक सञ्जालमार्फत निरन्तर रुपमा अर्थमन्त्री शर्मामाथि खनिँदै आएका छन् । उनल्व फेसबुकमा लेखेका छन्, ‘पश्चिम रुकुम […]

आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्ने

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आदेश प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् । उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन् । संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको […]

नेपाल समूह राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति

काठमाडौ । नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । नेपाल समूहकै कारण देउवा संसद्मा विश्वासको मत लिन सफल भएका हुन् । तर, नेपाल […]