नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर समूह

काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो लागेका छन्। उनीहरूले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका थिए। यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताकोलागि निवेदन दिएका छन्। स्रोतका अनुसार, ठाकुर र महतोको चाहना पूरानो राजपा ब्युझाउँने हो […]

आजै मन्त्रिपरिषद विस्तार गर्नेगरि गठबन्धनको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह र जनता समाजवादी पार्टी र जनमोर्चा सम्मिलित गठबन्धनको बैठक बस्दैछ । अहिले विहान १० बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिईने भएको छ । हिजोपनि गठबन्धनको बैठक बसेको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेहरुको नाम टुँगो लगाउने […]

कांग्रेस बैठक : क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन फिर्ता, विवाद सुल्झ्याउन एक दिनको समय

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदन फेरि समितिलाई नै फिर्ता पठाउने निर्णय गरेको छ । आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्नका लागि थप एक दिनको समय दिँदै प्रतिवेदन फिर्ता पठाउने निर्णय गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख […]

पुनर्बहालीको माग गर्दै चार पूर्व माओवादी नेता सर्वोच्चमा

काठमाडौँ– नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका […]

कांग्रेस पदाधिकारी बैठक जारी, महाधिवेशन कार्यतालिका र मन्त्रिपरिषद विस्तारबारे छलफल

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक शुरू भएको छ । बैठक ११ बजे नै डाकिए पनि गठबन्धनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा व्यस्त भएपछि साढे १ बजेतिर शुरू भएको हो । देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवाद समाधानका विषयमा छलफल भइरहेको छ । […]

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बन्ने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

काठमाडौँ- सत्तारूढ गठबन्धनको बैठकले सरकार सञ्चालनमा न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव २ घण्टा बसेको गठबन्धनको बैठकले सरकार सञ्चालनको लागि गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम बनाउने समझदारी भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । बैठकले मन्त्रालय भागबण्डा र मन्त्री छान्ने जिम्मा शीर्ष नेतृत्वलाई दिने निर्णय पनि गरेको […]

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा

काठमाडौँ– मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा छन् । गठबन्धनका नेताबीच सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । सरकारलाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि परेका छन् । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको बैठक बस्न लागकेको […]

चोलेन्द्रको भिनाजुलाई मन्त्री नबनाउँदा यो हालतमा पुगेँ – केपी शर्मा ओली

काठमाडौं। प्रधानमन्त्रीबाट बहिर्गमनमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरामाथि विभिन्न आरोप लगाएका छन् । बुधबार जनआस्था साप्ताहिकमा प्रकाशित खबर अनुसार जबराले प्रधानमन्त्री ओली समक्ष जबराका भेनाजु तथा धादिङको नौबिसेमा सञ्चालित केपी सिमेन्टका मालिक केपी उप्रेतिलाई चुनावी सरकारको मन्त्री बनाउन प्रस्ताव थियो । ‘उसको भिनाजुलाई मन्त्री नबनाउँदा मसँग यत्रो बदला लियो,’ अघिल्लो हप्ता […]

तीन दलको बैठक बस्दै, मन्त्रिबन्ने नेताहरुको टुङ्गाे लाग्ने

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री सचिवालयका अनुसार यही शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीले गठबन्धनमा […]

कांग्रेसवाट आज नेताहरु मन्त्री बन्दै (नामसहित)

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री सचिवालयका अनुसार यही शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीले गठबन्धनमा […]