Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 21, 2021
306 shares

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल भएको छ ।

क्रियाशील सदस्यता विवाद टुङ्गो नलाग्दा १३ जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । विवाद रहेका जिल्लामा कार्यदलले निरन्तर छलफल गरिरहेको र एक/दुई दिनमै टुङ्गोमा पुग्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

आज विभिन्न ७ जिल्लामा वडा अधिवेशन हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवका अनुसार काठमाण्डौ, काभ्रे, मोरङ, बर्दिया, सिन्धुपाल्चोक, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुन लागेको हो । प्रदेश-२ का आठ जिल्ला, सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यतामा विवाद छ ।

तीमध्ये धनुषा, कैलाली र डोल्पामा विवाद समाधान भइसकेको र अन्तिम टुङ्गोपछि निर्वाचन समितिलाई जानकारी गराउने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । विवाद समाधान भएको भनिए पनि निर्वाचन समितिलाई विवरण उपलब्ध गराइएको छैन ।

यसअघि भदौ १८, २२ र २५ मा गरी ५७ जिल्लामा वडा अधिवेशन भइसकेको छ । वडा अधिवेशनकै कारण समग्र महाधिवेशन कार्यतालिका प्रभावित नहुने संयोजक यादवले बताउनुभयो । कांग्रेसले असोज ९ मा गाउँ नगर अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

कांग्रेसमा लामो समयदेखि क्रियाशील सदस्यता विवादले पटक-पटक महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएको छ । कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाण्डौमा १४ औं महाधिवेशन गर्ने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved