Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए पार्टी फेरि संकटग्रस्त हुन्छ- भिम रावल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 29, 2021
123 shares
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए पार्टी फेरि संकटग्रस्त हुने चेतावनी दिएका छन् । आसन्न विधान महाधिवेशनमा १० बुँदे अनुसार नै प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन गर्नुपर्छ । विधान महाधिवेशनमा पनि त्यसै अनुसार प्रतिनिधित्व हुनुपर्छ । सुदूरपश्चिम प्रदेश होस् कि अन्य कुनै पनि ठाउँका नेता कार्यकर्तामाथि कुनै पनि अन्याय हुनुहुन्न ।”

फेरि पनि एमालेमा भएका सहमति कार्यान्वयन नगर्ने, यो गुट वा त्यो गुट भन्ने, पार्टी एकता बँचाएको हिसाबकिताब नगर्ने हो भने पार्टी फेरि संकटग्रस्त हुने उनको भनाइ छ । उनले थपे, “सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने १० बुँदे सहमतिमै स्पष्ट भएको कुरा हो । हामीले नीति, निर्णय, विधि, पद्धति र प्रणालीमा जोड दिएका छौं । पहिले म सुदूरपश्चिम प्रदेश समन्वय कमिटीको संयोजक थिएँ, एकीकरणपछि इन्चार्ज भएँ । २०७५ जेठ २ अगाडि जाने हो भने यसमा कुनै समस्या नै आउँदैन । आफूलाई जे मन लाग्यो, त्यही गर्ने छुट कसैलाई छैन ।”

१० बुँदे सहमति कार्यान्वयनका लागि केन्द्रीय कमिटीको अन्तर पार्टी निर्देशन-१२ कार्यान्वयन हुने आशा रहेको उनले बताए । उनले थपे, “केन्द्रीय कमिटीबाट जारी अपानि-१२ कार्यान्वयनमा जहाँ जहाँ समस्या देखिएका छन्, त्यहाँ त्यहाँ पूर्ण रुपमा पालना हुनुपर्छ । विगतमा भएका कमीकमजोरीको पुनरावृत्ति हुनुहुँदैन भन्ने मेरो धारणा हो । तर हिजोको बैठकमा हामी को इन्जार्च भन्ने विषयमा प्रवेश नै गरेनौं, छलफल पनि गरेनौं ।”

नेता डा. रावलले अमेरिका भन्दा अगाडि बढेर भक्तिभाव र दलाली गरी देशको स्वाभिमान कसैको पाउमा चढाउने प्रवृत्तिबाट आफू आश्चर्यचकित भएको पनि बताए । उनले भने, “मलाई आश्चर्य लाग्छ, दुःख पनि लाग्छ । एमसीसीमा अमेरिका भन्दा अगाडि बढेर भक्तिभाव देखाउने क्रमले हामीले महाकाली सन्धिभन्दा ठूलो दुर्दशा भोग्नुपर्ने हुन सक्छ ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved