रेशम चौधरीलाई जसपाले राजनीतिक रुपमा प्रयोग गरे-थरूहट थारुवान राष्ट्रिय मोर्चा

काठमाडौं । थरूहट थारुवान राष्ट्रिय मोर्चाले भदौ १ गतेदेखि सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ। मोर्चाले भदौ १ गतेदेखि माइतीघरमा प्रदर्शन गर्ने र भदौ ६–७ गते विद्रोह दिवस मनाउने घोषणा गरेको हाे । जेलमा रहेका रेशम चौधरीलाई जनता समाजवादी पार्टी नेपालले राजनीतिक रुपमा प्रयोग गरिरहेको आरोप थारु अगुवाहरुले लगाएका छन्। मंगलबार थरूहट थारुवान राष्ट्रिय मोर्चाले […]
शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्न परेको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा हुने भएको छ। उक्त रिट निवेदनको पेशी न्यायाधीश राउतको इजलासमा चढेको छ। सोमबार पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा […]
माधव नेपाल धरोहर होइनन् ,गद्दार हुन् : नेता सत्यनारायण मण्डल

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले अबको पार्टी माधव नेपालाबिनाको एमाले बन्ने ठोकुवा गरेका छन् । उनले पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको पिछलग्गु भएकाले वरिष्ठ नेता नेपाललाई केही दिनभित्रै पार्टीबाट हटाउन सक्ने पनि बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता मण्डलले […]
भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन हुने आगामी

काठमाडौं । पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव […]
नेपाल समूहबिना नै अघि बढ्यो एमाले

पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव गरेको संशोधित […]
कांग्रेसलाई देउवाले भीख माग्ने अवस्थामा पुर्याए : वरिष्ठ नेता पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन् । पार्टी विधानले तोकेको चार वर्ष र असाधारण परिस्थिति भनेर थपिने एक वर्षमा पनि महाधिवेशन नगरेका देउवाले संविधानलाई समातेर थपेको ६ महिनामा पनि महाधिवेशन गर्न नखोजिएको भन्दै देउवाको चर्को आलोचना गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान स्टाटस लेख्दै पौडेलले संविधानको […]
एमाले केन्द्रीय कमिटी बैठक आज, महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौँ- नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी एकताको प्रयासमा नेपाल पक्षको आग्रहमा आइतबार स्थगित बैठक आज अपराह्न ३ बजे डाकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठकअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने उनले जानकारी दिए । स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उनले […]
सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन सकेन : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष सरकारले बाढी पीडितको राहतका काममा तीव्रता दिन नसकेको बताएका छन् । उनले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र वरपरका बाढीपीडितलाई राहत दिन ढिलाइ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । आज दाहालनिवास खुमलटार पुगेका बाढीपीडितसँगको भेटमा उनले सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहतका कामलाई तीव्रता दिन नसकेको बताएका […]
सत्तारूढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ– सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे गठबन्धनका शीर्ष नेताको उपस्थितिमा उक्त कार्यविधि सार्वजनिक गरिने राष्ट्रिय जनमोर्चाको सांसद दुर्गा पौडेलले जानकारी दिइन् । कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई […]
एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारका लागि सारिएको छ । नेपाल-खनाल समूहले एकताका लागि बैठक रोकेर संवादमा जुट्न आग्रह गरेपछि केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो । विधान महाधिवेशनको तयारी भन्दै आज बैठक बस्ने तय भएको थियो । एमालेको स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको […]
